जनकपुरधाम, बैशाख २५ गते । सिरहाको मिर्चैया स्थित सौर्य सिमेन्ट उद्याेग स्थानीय मजदुरहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

सिरहाको मिचैर्या नपा १ स्थित साे उद्योगका लागि जग्गा उपलब्ध गराएकाे कारण स्थानीयलाई याेग्यता अनुसार काम दिनुपर्ने लगायतका११ बुदे माग अघि सार्दै गत चार दिनदेखि काम ठप्प पारेर आन्दोलनमा गरेका छन ।
आन्दोलित स्थनीय मजदुरले स्थानीयलाई योग्यताका आधारमा रोजगारीका साथै ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा मात्र प्रयोग गर्न पाउने, ढुवानीको लागि स्थानीय टिफर, ट्रकको प्रयोग, उद्याेग वरिपरीको गाउँकाे विकासका प्रदुषण बापत प्रति बोरा एक रुपैयाँ दिनुपर्ने सहितका मांग समेत गरेकाे छ ।
आफ्ना मांग सहितकाे ज्ञापनपत्र समेत स्थानीयले उद्योगकाे प्रशासन शाखामा बुझाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयामा उद्योग व्यवस्थापकले कार्यरत २ जना मजदुरलाई पक्राउ गराईएको प्रति घोर भ्रत्सना तिनीहरूकाे रिहाईकाे मांग समेत गरेका छन ।
उता सिमेन्ट उद्योगका प्रशासनलाई सम्पर्क गर्न खोज्दा विरामीको वाहाना गरि सञ्चारकर्मीलाई प्रतिकृया दिन मानेका छैनन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !