जनकपुरधाम, बैशाख २४ गते । कोरोना संक्रमणको हटस्पटको बन्दै गएको प्रदेश २ को प्रादेशिक अस्पताल हाल बेहाल भएको छ ।
संक्रमितको संख्या दिनानुदिन बढदै गएको अवस्थामा अस्पतालद्वारा संचालित कोभिड विशेष अस्पताल सरसफाईको आभावमा फोहरमय बनेको छ भने उपचाररत बिरामीहरुलाई समयमा औषधि नदिने र आफन्तबाट किनिएका औषधि चोरी गर्ने लगायतका क्रियाकलाप बढेको छ ।
कोभिड अस्पताल फोहर हुनुका साथै संक्रमित बिरामीको उपचारमा समेत स्वास्थ्यकर्मीहरुले समयमा औषधि नदिने लगायतका लापरवाही गर्दै आएको संक्रमित बिरामीका आफन्तहरुले संचारकर्मीहरुसंग गुनासो गरेका छन । कोभिड विशेष भनिएको अस्पतालमा हप्तौदेखि सरसफाई हुन सकेको छैन भने स्वास्थ्यकर्मीहरुले औषधि नै गायब गर्ने र समयमा औषधि नदिने लगायतका लापरवाही गर्दै आएको संक्रमित बिरामीका आफन्तहरुले भने ।
उपचाररत एक संक्रमित आफन्तले आफ्ना बिरामीलाई औषधि पुरयाउन आएको बेल भने अस्पतालले एक त औषधि उपलब्ध गराउंदैन, आफूहरुले बाहिरबाट किनेर दिंदा त्यो औषधि बिरामीसम्म नपुगी स्वास्थ्यकर्मीहरुले नै गायब गरेर अर्को दिन पुनः त्यही औषधि किनेर ल्याउन भन्छन । ती आफन्तले भने प्रति दिन एक हजारभन्दा बढीको औषधि उपचारमा खटेका स्वास्थ्यकर्मीहरुले आफूहरुले बाहिरबाट अनावश्यक रुपमा हामीबाट किनाउने गरेको छ ।
अर्का बिरामीका एक आफन्तले भने औषधि किनेर दिएपनि समयमा स्वास्थ्यकर्मीहरुले औषधि दिदैन ‘विहान ८ बजे दिने औषधी राति ११ बजेतिर मेरो आमालाई औषधि दिएको छ, यस्तो अवस्थामा बिरामी ठिक हुनुको सट्टा बिरामी नै झन बिरामी हुन जानेछ ।
संक्रमितका आफन्तहरुको आरोप बारे प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रमोद यादवले भने कुरुवाहरुले लगाएको आरोप गलत रहेको बताएका छन । उनले भने सरसफाईका लागि दुई जना स्वीपरको २४ औं घण्टा डियुटीमा खटाइएको छ भने राउण्डमा चिकित्सक नियमित रुपमा जाने नै गरेको छ । यसका साथै अस्पताल भित्र आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरु खटाइएको छ तिनीहरुले समय समयमा औषधि दिइरहेको छ ।
बिरामीलाई भेटने बहानामा हुलका हुल कुरुवाहरु अनावश्यक रुपमा अस्पताल भित्र प्रवेश गरी स्वास्थ्यकर्मीहरुलाई परेशान गर्दै आएको उनले आरोप लगाउंदै भने सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको छु । अब प्रहरी लगाएर अस्पताल भित्र हुने अनावश्यक भिडलाई नियन्त्रण गरिनेछ ।
हाल सो अस्पतालमा ६३ बेडको व्यवस्था रहेको ४० वटा बेड संचालनमा रहेको छ जसमा ३१ जना बिरामी उपचाररत रहेका छन । उपचाररत बिरामी मध्ये १९ जना आइसीयूमा २ जना भेन्टीलेटरमा र अन्य आक्सीजन लगाएर उपचार गराई रहेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !