जनकपुरधाम, बैशाख २४ गते । निषेधाज्ञा अवधिभरिको उद्योगी व्यवसायीसँग घर, सटर र गोदाम भाडा मिनाहा गर्न÷गराउन जनकपुरधाम उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज साहले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जारी निषेधाज्ञाको कारण बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गर्न÷गराउन आग्रह गरेका हुन ।
निषेधाज्ञालाई निर्विकल्प नबनाइसो आग्रह गर्दै अति आवश्यक प्रकृतीका पसलहरु सुरक्षा सतर्कता सहित खोल्न वातावरण बनाउन तीन वटै तहका सरकारसँग मांग संघले गरेको छ ।
निषेधाज्ञामा सबभन्दा बढी मार उद्योग व्यवसाय नै पर्ने भएको हुनाले बैंकको ऋण ब्याज मिनाहा गराउन मांग गर्दै संघले निषेधाज्ञाले पर्ने असरप्रति ध्यान पुराउन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसका साथै जनकपुरधाम प्रादेशिक अस्पतालमा अपुग रहेको दरबन्दी अतिसिघ्र पदपुर्ती गर्न गराउन दबाद दिने, मनिपाल अस्पताललाई विलम्व नगरि तुरन्त कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने र प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरि निजि अस्पतालको केहि भागमा कोभिड सेवा सुरु गर्न गराउन पहलकदमी लिन विज्ञप्तिमा भनिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !