जनकपुरधाम, वैशाख २३ गते । संक्रमितकाे संख्या बढदै गएकाे अवस्थामा प्रादेशिक कोभिड अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएको छ ।
प्रदेश सरकारले स्थपना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर रहेकाे अवस्थामा ३ वटा भएपनि बिग्रिएको मेसु डा. प्रमाेद यादवले बताएका छन ।
उनले भने ४ वटा भेन्टीलेटर बिग्रिएकाे एउटा आजै ठिक गराएपछि अझै ३ वटा बिग्रेकै अवस्थामा छ । पुरानाे भेन्टीलेटर भएकाे कारण ठिक गराउन दक्ष प्राविधिक आभावमा ठिक गराउन सकिएकाे छैन ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट( मेसु) प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नया भेन्टिलेटर माग गरिएपनि कुनै चासाे नलिंदा संघ सरकारबाट ८ वटा भेन्टीलेटर दिने आश्वासन पाएकाे बताए ।
निजी अस्पतालहरुबाट प्रदेशकि कोभिड अस्पतालमा बिरामि आउने क्रम बढेकोले अस्पताले भार थाम्न सक्ने अवस्था छैन, उनले भने । जनकपुरको काव्या, नवजिवन र जलेश्वरबाट सिकिस्त संक्रमितहरु आउने क्रम जारी रहेको डा.यादवले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !