जनकपुरधाम, वैशाख २२ गते । सिरहा प्रहरीले लागू औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १२ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको धनगढीमाई नगरपालिका १३ का २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा स १० प २७३ र स २ प ७५८३ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा गाँजा सहित तिनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !