जनकपुरधाम, वैशाख १८ गते । बसले मोटरसाइकललाई ठक्कर दिदाँ सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको गोडैता नगरपालिका ५ रामबर अगाडी गडहियाबाट हरकठवा तर्फ जँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले सोही तर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिवार विहान करिब ७ बजे भएको उक्त दुर्घटनामा रौतहटको गढीमाई नगरपालिका वडा नंं ८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन ।
साहको टाउको तथा छातिमा चोट लागेको थियो । गम्भिर घाइते भएका साहको थप उपचारको लागि मंलगवा तर्फ पठाइएको क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडी सवार रहेका करिब ३५ वर्षीय बिगु साह तथा करिब ९ वर्षीय बालक बिनेश कुमार साह घाइते भएका छन् । उनीहरुको उपचार स्थानिय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !