काठमाडौ, वैशाख १७ गते । बढदै गएको कोरोना संक्रमणको दृष्टिगत गर्दै पेन्सन खाता सक्रिय गराउन असार मसान्तसम्म अब बैंक जानुपर्ने छैन ।
नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन बैंक नजानुपर्ने व्यवस्था मिलाएको छ । नियम अनुसार पेन्सन खाता हरेक ६÷६ महिनामा बैंकमा गई सक्रिय बनाउनु पर्छ ।
तर, कोरोना भाइरसको महामारीका बीच पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !