जनकपुरधाम, वैशाख १२ गते । धनुषा जिल्लाकाे कमला नगरपालिका जहाँ मेयर र वडाध्यक्षकाे विवादले प्रायः कार्यालयमा तालाबन्दी नै हुन्छ । साे नगरपालिकामा कहिले हाकिमकाे आभाव त मेयर र वडाध्यक्षकाे विवाद प्रत्येक वर्ष योजनाहरु अवरुद्ध हुने गरेका छन् ।
पछिल्लाे पटक नगरपालिकाका विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा गरेकाे तालाबन्दीले एक सातादेखि कार्यालय बन्द रहेकाे छ । तालाबन्दीले सेवाग्राही मर्कामा पर्नुका नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज समेत ठप्प भएकाे छ ।
तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै हात फर्किन बाध्य भएका छन् । नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडाको योजना कटौती गरेको भन्दै वडा नं. १, २, ३ र ८ सहितका ४ जना तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

तिनीहरूले सामाजिक सुरक्षा भता वितरण र विगतमा गरिएका सम्झाैताहरू कार्यान्वयन नगरेकाे र वडास्तरीय याेजनाकाे बजेट कटाैती गरेकाे भन्दै तालाबन्दी गरेका हुन ।वडा नं. १ का अध्यक्ष राजकुमार यादवले भने नगरसभाबाट पारित बजेट अनुसार वडामा याेजना वितरण नगरी बजेट कटाैती गरेकाे बारे आफुहरूले बुझाएकाे ज्ञापनपत्रकाे जवाफ नआएपछि तालाबन्दी गरेकाे हुं ।
वडाध्यक्षहरूकाे आराेप बारे मेयर रामउदगार गाेईतले भने वडाध्यक्षहरूले आफू अनुकुल नगरपालिकालाई चलाउन अनावश्यक बखेडा खडा गरी विवाद गर्दै तालाबन्दी गरेकाे हाे ।वडाध्यक्षहरूकाे मांग बारे मेयर गाेइतले भने तिनीहरूकाे जायज अधिकांश मांग पूरा भइसकेकाे छ र केही प्रक्रियामा रहेकाे छ, जहांसम्म बजेट कटाैतीकाे कुरा हाे काेराेनाकाल र विभिन्न भैपरी आउने खर्चले गर्दा अनुमानित बजेटमा तलमाथि हुन गएकाे हाे ।
वडाध्यक्षहरूले राजनितीक रूपमा बुझाएकाे ज्ञापनपत्रकाे जवाफ तिनीहरू सम्बन्धित पार्टी जसपा नगर सभापतिलाई जवाफ पठाइसकेछु । तर राजनितीक उक्साहटमा उनीहरूले पटक पटक तालाबन्दी गर्दै आएकाे हाे ।मेयर गाेइतले भने जनताकाे पिडमार्काकाे ख्याल गर्दै ताला खाेलेर वार्ताकाे माध्यमबाट समाधान खाेज्न असन्तुष्ट वडाध्यक्षहरूलाई पटक पटक आग्रह गर्दा पनि मानिरहेकाे छैन ।
सेवाग्राहीले भने भागबण्डा नमिलेकै कारण नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् । एक जना सेवाग्राहीले भने, आफ्नाे भागवण्डाका लागि नगरपालिकामा तालाबन्दी गरेर वडा अध्यक्षहरुले जनतालाई दुःख दिने काम मात्र गरेको छ । उनले भने आफ्नाे भाग नमिलेपछि तालाबन्दी गर्ने र मिलेपछि खाेल्ने हामी यिनीहरुको नौटंकी हेरेर हैरानी खेप्नु परिरहेकाे छ ।
यता प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्ताेलाले भने साे नगरपालिकामा पटक पटक तालाबन्दी हुँदै आएकाे पछिल्लाे समय प्रहरी लगाएर ताला फुटाएर कार्यालय संचालनमा ल्याएका थियाै, फेरि पुरानै विवादले तालाबन्दी गरिएकाे छ ।उनले भने काेराेनाकालमा जनप्रतिनिधिहरूकाे आपसी किचिलाेका सर्वसाधारण जनतालाई दुख दिनु दुखद कुरा हाे ।समस्या समाधान गर्न सहमतिकाे बाटाेमा जान दुवै पक्षलाई भनी सकेका छाै ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !