कोभिड १९ प्रभावित धनुषाको गणेशमान चारनाथ नगरपालिकका अति गरीब, भूमिहीन र वैदेशिक रोजगार गुमाएका परिवाहरुको आयआर्जनका लागि तरबूज खेती शुरु गराइएको छ ।
यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाले गणेशमान चारनाथ नगरपालिकाका वडा नम्बर ८ र १० का कोभिड १९ बाट प्रभावित अति गरीब, भूमिहीन र वैदेशिक रोजगार गुमाई घरमा बसेकाहरुको तरबूज खेती शुरु गराएको हो ।
सीआईसीले नदी उकास तथा कमसल पर्ति ९ विग्हा जग्गामा ८० जना कोभिड १९ वाट प्रभावित अति गरीव, भूमिहिन तथा बैदेशिक रोजगार गुमाएकाहरुलाई समूह बनाई आयआर्जन तथा जिविकोपार्जनका लागि तरबूज खेती शुरु गराएको हो ।

तरबूज खेतीले ती कोभिड प्रभावित गरीब परिवारहरुको आय आर्जनमा टेवा पुग्नुको साथै स्थानिय स्तरमा नै स्वरोजगार बन्ने उदेश्यले सामुहिक कृषि खेतीको गराएको छ । सामुहिक खेतीमा संलग्नहरुलाई आवश्यक कृषि औजार, सिंचाई, मल र बीउहरु लगायतका सामाग्रिहर उपलब्ध गराई प्रविधिक सहयोग समेत पु¥याउदै आएको छ ।
कोभिड १९ को प्रभावले गर्दा धेरैको व्यवसाय र रोजगार गुमेको अवस्थामा सीआईसीले गरीब परिवारहरुलाई आय आर्जन सँगै आत्मनिर्भर बनाउन सामूहिक रुपमा गरेको प्रयासलाई स्थानीयवासीले निकै प्रशंसा गरेका छन ।
तरबूज खेतीमा संलग्न एक सदस्यले भने कोभिड १९ को कारण सबै रोजगार र व्यवासय गुमेपछि धनी व्यक्तिलाई त खासै समस्या परेको छैन तर हामी गरीबलाई मजदूरी गर्न पनि समस्या थियो । यसैबीचमा सीआईसीले तरबूज खेतीको माध्यमबाट आयआर्जनका लागि गरेको सहयोग आफ्नोलागि कोसेढुंगा साबित भएको छ । अब परिवारको जिविपार्जनमा कुनै समस्या हुने छैन ।
सीआईसीले यूएनडिपीको सहयोगमा गरीब विपन्न परिवारहरुको जिविकोपार्जन र आयआर्जनमा टेवा पुरयाउन तरकारी खेती, बाख्रा पालन लगायतका कयौं सामूहिक कार्यक्रम आयोजना गर्दै आएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !