वीरगञ्ज, वैशाख १ गते । प्रहरीले पर्साको वीरगञ्जबाट एक हुण्डी कारोवारीलाई ८ लाख रुपैया सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार बीरगञ्ज महानगरपालिका ६ स्थित बाबा होटल नजिकबाट छप्कैया घर भएका श्री भगवान प्रसाद कलवारलाई श्रोत नखुलेको ८ लाख रुपैया सहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।
बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !