काठमाडौ, वैशाख १ गते । नेपाली नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले आग्रह गरेका छन ।
नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।
नागरिकता प्राप्त गरिसकेकाललाई पनि मतदाता नामावलीमा नाम दर्ताबाट छुटन गएकाहरुलाई पनि जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय सङ्गठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ । मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त रहेको जनाउँदै आयोगले मतदाता नामावलीमा समयमै नाम दर्ता गराउन सबै नागरिकसँग अपिल गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !