जनकपुरधाम, चैत ३० गते । नेकपा माओवादी केन्द्रले आफ्ना पार्टी छाडेर एमालेमा गएका चारजना प्रदेश २ सांसदलाई बर्खास्त गरेका छन ।
माओवादी केन्द्रले बर्खास्त गरेका सांसदहरूकाे बर्ास्तगीकाे आैपचारिकता प्रदेश सभाले साेमवारकाे बैठकबाट दिएका छन ।
माओवादी केन्द्र प्रदेश २ संसदीय दलले तिनीहरूकाे पद बर्खास्त गर्न गरेकाे सिफारिस अनुसार बर्खास्त हुन गएकाे हाे ।
प्रदेश नम्बर २ का प्रदेश सभाका बैठकमा सभामुख सरोजकुमार यादवले साेमवारकाे बैठकमा माओवादी केन्द्र परित्याग गरेका रामचन्द्र मण्डल,ज्वालाकुमारी साह,कुन्दन कुशवाहा र मोहमद समिरले पार्टी परित्याग गरेको सम्बन्धी पार्टी पत्र प्रदेश सभामा पढेर सुनाएका थिए ।
पार्टीले स्पष्टीकरण सोधेको र सो नदिएको र पार्टीमा समेत नफर्किएको कारणले दल परिवर्तन सम्बन्धी ऐन अनुसार कारवाहीको लागि माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएकाे थियो ।
माओवादी केन्द्रका ती चारै जना पार्टी परित्याग गरि अर्काे दलकाे राजनीतिक दलकाे गतिविधिमा लागेकाे भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १ र २ गते बसेकाे बैठकबाट दल त्याग गरेका सांसदलाई स्पष्टीकरण साेध्ने नदिए बर्खास्त गर्ने निर्णय गरेकाे थियाे ।
प्रदेश सभाले वर्खास्त भएका चारै जनाको विषयमा निर्वाचन आयोगमा जानकारी गराउने छन । बर्खास्त भएका चार जना मध्ये एक जना मोहमम्द समिर समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन । अन्य तिन जना भने प्रत्यक्षबाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।
रिक्त गरेको प्रदेश सभा सदस्य जुन प्रक्रियाबाट आएका हुन सोही प्रक्रियाबाट पुन : अर्को सदस्यलाई ल्याउने प्रावधान रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !