जनकपुरधाम, चैत २९ गते । डाकाहरुको गोली प्रहारबाट सिरहामा एक सुनचाँदी व्यवसायीको हत्या भएको छ ।
गएराति करिब राति साढे १२ बजेको समया जिल्लाको लहान नगरपालिका २३ ठाडी जानेबाटो गढिया चौकमा सञ्चालनमा रहेको सुनचाँदी पसल सञ्चालक लहान २२ सिसबोनिका ४५ प्रदिप मिझारको गोली हानि हत्या गरिएको हो ।
मिझारलाई गोली हानी हत्या गर्नुका साथै उनकी श्रीमति करिब ३५ वर्षीया अनिता कुमारी दुलाल समेत खुकुरी प्रहार गरी घाइते बनाएको छ । घाइते अनिताको उपचार उपचार लहान स्थित सप्तऋषी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
नकाबधारी डाकाकाहरुको फलामको हम्मर र फलामको छिनोले ढोका फोडि भित्र प्रवेश गरेर चोरी तथा लुटपाट गर्न लाग्दा त्यसको प्रतिकार गर्दा नकावधारी समुहले मिझारको टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी घाइते बनाएका थिए ।
डाकाहरुको आक्रमणबाट गम्भिर घाइते भएका मिझारको उपचारको क्रममा आज विहान करिब साढे ४ बजे मृत्यु भएको छ । ६/७ जनाको समूहमा रहेका ती डाकाहरुको समूहले आफूलाई चिन्हि सक्यो भनेर मिझारको छातीमा गोली प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताएका छन ।
यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिका ७ का २६ वर्षीय रामकृष्ण चौधरीलाई घटना स्थलबाटै फलामको छिनो १ थान सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।
त्यस्तै यस घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा लहान नगरपालिका २३ गढियाका २९ वर्षीय सुर्य सहनीलाई समेत पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !