जनकपुरधाम, चैत १८ गते । धनुषाकाे ढल्केबर सडकखण्ड स्थित रमदैयामा भएकाे विंगर दुर्घटनामा ४ जना घाइते भएकाे छ ।
जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिका स्थित रमदैया नजिक राजदेबि मन्दिर अगाडि भएकाे विंगर दुर्घटनामा परी लब कुमार सिंह ,मनिसा कुमारी गुहार,चान्दनी कुमारी भएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।

ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ना १ ज ६३८५ को विङर ओभरस्पिडले अनियन्त्रित भई दुर्घटना भएको हाे र घाइते मध्ये चालक सन्ताेष कुमार साहकाे अवस्था गम्भीर रहेकाे छ ।
घाइतेहरुको उपचार जनकपुर प्रदेशिक अस्पतालमा भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !