जनकपुरधाम, चैत १३ गते । सर्लाही प्रहरीले टाउको काटेर एक युवकको हत्या गरेको आरोपमा दुुई जना पक्राउ गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार पक्राउ पर्नेमा जिल्लाको मलङ्गवा नगरपालिका ९ का ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको छ ।
गएको बुधवार रातीदेखि बेपत्ता भएका मलंगवा नगरपालिका १० का ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा बिहिबार वडा नं. ९ स्थित एक खेतमा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा दुबैजना आरोपितलाई बिहिबार साँझ नै पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
मृतक र आरोपित तीनै जना लागू औषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ तर के कति कारणले हत्या गरिएको भन्ने कुराको अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !