जनकपुरधाम, चैत १३ गते । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई हटाउनुपर्छ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अडान लिएको बखत अर्का अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने संकेत गरेका छन ।
ओली नेतृत्वको सरकारमा जाने वा नजाने जसपा भित्र चर्को विवाद चलिरहेको बखत अध्यक्ष ठाकुरको यस्तो भनाई आएको छ । अध्यक्ष ठाकुर सहित पुर्व राजपा नेतृत्वकर्ताहरुले रेशम चौधरीलाई रिहाइ गरे सरकारमा जाने तयारीमा छन भने सोही जसपाका अध्यक्ष यादव नजाने कुरालाई लिए जसपा अहिले विवादित बनेका छन ।
जसपाभित्र चरम विवादका बीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोहमा अध्यक्ष ठाकुरले पुर्व राजपाको धारणा सार्वजनिक गरेका हुन । अध्यक्ष ठाकुरले रेशम चौधरीको रिहाई लगायत विभिन्न आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता बारे प्रधानमन्त्री ओली मुद्दा फिर्ता लिने विषयमा सकारात्मक रहेको बताउंदै सरकारमा जाने संकेत गरेका छन ।
कतिपय मुद्दाहरु जिल्ला अदालत ,कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेको कारण सो विषयमा महान्यायधिवक्ताको कार्यालयसंग राय मांगिएको छ, राय आएपछि मात्र वार्ताको टुंगो लाग्नेछ उनले भने ।
अध्यक्ष ठाकुरले भने प्रधानमन्त्रीले आफुहरुले अघि सारेको मांगको विषयमा गम्भीरताका साथ लिएर केही कार्यहरु अगाडि समेत बढाएको छ । प्रधानमन्त्रीसंग पटक पटक भएको वार्ता सकारात्मक दिशा तर्फ गएको ,मुद्दा फिर्ता चाडै हुनेमा आफुहरु विश्वस्त छु उनले भने ।
नागरिकता लगायत विषयमा समेत छलफल भइरहेको छ तर नागरिकता विधेयक पारित गर्न संसदले ढिलाई गरेको कारण समस्या रहेको छ, सो समस्या पनि समाधान गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक रहेको अध्यक्ष ठाकुरले भने ।
अध्यक्ष ठाकुरले नेकपा एमाले बिचको किचलोको कारण मुलुक एउटा अनिर्णयको बन्दी बनेको बताउंदै राजनितिकलाई विवाद भन्दा पनि छलफल र संवादको साथ अगाडि बढनुपर्ने आवश्यकता रहेको भने । सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री रामनरेश राय तथा राज्यमन्त्री अभिराम शर्मा सहित सांसदहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !