जनकपुरधाम, चैत ११ गते । सर्लाही प्रहरीले मोटरसाइकलको तेल ट्यांकी भित्र लुकाएर लगिरहेकाे लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाकाे नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका ४ बाट गाेप्य सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लुकाएकाे लागुऔषध सहित तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३०एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप-वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका ४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भइरहेको प्रवक्ता कुँवरले बताएका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !