जनकपुरधाम, चैत ११ गते । प्रदेशका जिल्लाहरु कोरोना मुक्त भएको घोषणा भएको केही दिनमै प्रदेश २ मा फेरी कोरोना संक्रमितको संख्या बढन थालेको छ ।
केही दिन अगाडि प्रदेशको ५ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको प्रदेश सरकारले घोषणा गरेको थियो तर अहिले अहिले सप्तरी जिल्ला बाहेक सबै जिल्लाहरूमा कोरोनाका सक्रिय संंक्रमितहरु बढन थालेका छन ।
केही दिन अघिसम्म प्रदेशमा मात्र ८ जना सक्रिय संक्रमित रहेको थियो । तर त्यो संख्या बढेर अहिले ३६ पुगेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा १, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा २, बारामा ११ र पर्सा जिल्लामा १३ जना कोरोना सक्रमित रहेका छन् ।

बुधवार मात्र पर्साको विरगंग महानगरपालिका वडा नम्बर ७ मा २ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित हाल होम आइसोलेशनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
एक वर्षको अवधिमा प्रदेशका ८ वटै जिल्लामा १७ हजार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अहिलेसम्म प्रदेश २ मा १६ हजार ९ सय ८४ जना कोरोना सङ्क्रमणले मुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुक्ति नारायण साहका अनुसार २ सय ९ जनाको संक्रमणले मृत्यु भइसकेको छ । सर्लाहीमा ४१, सिरहामा २५, धनुषामा २५, सप्तरीमा १४, रौतहटमा १०, बारामा २४, पर्सामा ५१ र एकजना भारतीय नागरिकको कोरोना संक्रमणले गर्दा हालसम्म मृत्यु भएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !