Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेस नेता साहका छोरी प्रेक्षा सहित १२ जना भारतीय नागरिक बनेर मेडिकल अध्ययन गरेको खुलासा


कांग्रेस नेता साहका छोरी प्रेक्षा सहित १२ जना भारतीय नागरिक बनेर मेडिकल अध्ययन गरेको खुलासा

फोटो : सांकेतिक

जनकपुरधाम, चैत ९ गते । नेपाली कांग्रेसका नेता एवं धनुषा सांसद प्रेमकिशोर साहकी छोरी प्रेक्षा साह भारतीय नागरिक रहेको नक्कली प्रमाण पेश गरी मेडिकल पढेको खुलासा भएको छ ।

नेपाली नागरिक भएरपनि चिकित्सा अध्ययन भारतीय नागरिक बनेर गरेको र नेपाली नागरिक भनी मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरी गर्दै आएकी नेता साहका छोरी प्रेक्षा सहित १२ जना नेपाल केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान को दायरामा परेको छ ।

वीरगञ्जको एमबी केडिया डेन्टल कलेजमा अध्ययन गर्न प्रेक्षा साह सहित भारतीय बनेका १२ जना अहिले सीआईबीको छानबिनको दायरा रहेको सीआईबी श्रोतले जनाएको छ ।
धनुषाको जनकपुरधाम नगरपालिका ४ निवासी भएकी प्रेक्षा नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियाबाट एमबीबीएस गरेकी हुन । अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन् । नेपाल मेडिकल काउन्सिलले दिएको उनको लाइसेन्स नम्बर हो, १३०४१ रहेको छ ।

छोरीले डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गर्न नसक्ने भएपछि साहले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर छोरीलाई भारतीय बनाई अध्ययन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।

डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ । तर मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा जनकपुरधाम नगरपालिका–४ उल्लेख गरेकी छिन ।

प्रेक्षा मात्र होइन पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरी पनि एक दशक अघि एमबी केडियाबाटै भारतीय नागरिक बनेर बिडिएस अध्ययन गरेका छन । प्रवेश परीक्षा छल्न उनी राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर उनी केडियामा भर्ना भएका थिए।

पछि लाइसेन्स लिने बेला भने उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकता पेस गरेका थिए। चौधरीको काउन्सिलमा दर्ता भएको लाइसेन्स नम्बर १३४६३ रहेको छ ।
त्यस्तै बीरगञ्जका पुष्कर कुमार तिवारीले पनि एमबी केडिया डेन्टल कलेजमा भारतको बसन्तपुर थाना क्षेत्रका कमलदेव मिश्रको ‘भोटर कार्ड’ पेस गरेर अध्ययन गरे । त्यसपछि लाइसेन्स लिने बेला भने जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्जबाट जारी गरिएको नागरिकता पेस गरेको पाइएको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा. रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६) माथि पनि अनुसन्धान भइरहेको छ । तिनीहरु पनि भारतीय नागरिकको प्रमाण पेश गरी अध्ययन गरेका हुन ।

त्यस्तै, रौतहटको साविक सठिया गाविस–६ की डा विनिता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९७), महोत्तरीको साविक भरतपुर गाविस–९ का डा सिताराम सिंह कुशवाहा (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६१), महोत्तरीको साविक इटहर्वा गाविस–६ की डा कविता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६२), सिरहाको साविक वरियापट्टी गाविस–५ का डा दीपककुमार शर्मा (दर्ता नम्बर १५५६३), रौतहटको साविक ब्रम्हपुरी गाविस–२ का डा अजयकुमार अस्थाना (मेडिकल काउन्सिल दर्ता नम्बर १७९९५) माथि अहिले अनुसन्धान भइरहेको छ । उनीहरुले पनि अध्ययन भारतीय र लाइसेन्स नेपाली भनि लिएका हुन ।

सिआइबी स्रोतका अनुसार यो विषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको र किर्तेमा मुद्दा चलाउन सक्ने गरी प्रमाण जुटाउने काम भइरहेको छ । गत पुस १० गते पुनः सूचना जारी गर्दै काउन्सिलले उनीहरुलाई ३० दिनभित्र सम्पूर्ण सक्कल शैक्षिक प्रमाणपत्र, नागरिकता, काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्र लगायत लिएर उपस्थित हुन भनेको थियो । उनीहरु उपस्थित भएपनि अहिलेसम्म कारबाहीको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा ‘फेल’ हुने क्रम बढेको बेला २०६४ सालदेखि विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा नदिनुपर्ने प्रावधान लागू भएपछि नेपाली नागरिकहरुले भारतीय नागरिक बनेर प्रवेशको क्रम बढेको छ ।

नेपालको विश्वविद्यालय वा प्रतिष्ठानको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने वा सम्बन्धित देशको मेडिकल प्रवेश परीक्षा पास भएको हुनुपर्ने व्यवस्था सन् २०१७ पछि लागू भएपछि यो नेपाली विद्यार्थीलाई विदेशी बनेर मेडिकल अध्ययन गर्नुपर्ने विकृति अन्त्य भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ चैत्र ९, सोमबार २०:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ९, सोमबार २०:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ९, सोमबार २०:२९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ९, सोमबार २०:२९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ९, सोमबार २०:२९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ९, सोमबार २०:२९

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव