जनकपुरधाम, चैत ६ गते । धनुषा प्रहरीले सिटीइभिटी अन्तर्गत प्राविधिक शिक्षा तर्फको परीक्षाको चिट चोर्न नोटबूक सहितके प्रश्नउत्तरको फोटोकपी बनाएर बेच्ने आरोपमा जनकपुरधामबाट ५ जना फोटोकपी संचालक पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु चिट चोर्न सजिलोका लागि ठूलो साइजको प्रश्न उत्तर गाइड किताबको सानो बनाएर फोटोकपी गरी बेचिरहेको थियो । विद्यार्थीहरुको भनाईको आधारमा धनुषा प्रहरीले अनुसन्धान गर्दा जनकपुरधामको भौरव चौक र विद्यापति चौकबाट ती फोटो कपी सेन्टर संचालकहरुलाई पक्राउ गरेको हो ।
सिटीईभी अन्तर्गत प्राविधिक शिक्षा तर्फ डिप्लोमाको सेमेस्टर र प्रि डिप्लोमाको जारी फाइनल परीक्षाको ठूलो साइजमा रहेका नोटबूक र विभिन्न प्रकाशनको प्रश्नउत्तर गाईडलाई चिट चोर्न सजिलो पार्न सानो साइजमा फोटो कपी गरिरहेको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन ।
जारी परीक्षामा नोटबूक र प्रश्नउत्तर गाईडको सानो सानो साइजको फोटो कपी परीक्षा सेन्टरमा व्यापक रुपमा फेला परेपछि विद्यार्थीहरुले भने अनुसारको फोटो कपीमा छापा मार्दा ती फोटोकपी सेन्टरमा बरामद भएपछि पक्राउ गरिएको उनले बताए ।
प्रहरी प्रवक्ता मिश्रले अनुसन्धान जारी रहेको कारण पक्राउ परेका फोटोकपी सेन्टर संचालकको नाम सार्वजनिक गर्न मिल्दैन भनी नाम खोलाउन चाहेको छैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !