जनकपुरधाम, चैत ४ गते । जनकपुरधामकाे विश्वकर्मा
चाेकमा संचालन हुँदै आएकाे छाला राेग विषेशज्ञ डा. प्रमाेद झा (डी) काे क्लिनिक अब विशेष सुविधा सहित आफ्नै भवनमा संचालनमा आएकाे छ ।
विश्वकर्मा चाेकस्थित कुन्दन मेडिकलमा संचालन हुँदै आएकाे क्लिनिक अब चाेकभन्दा अलि अगाडि मुरली चाेक जानेबाटाेमा जनकपुर स्किन केयर नामक क्लिनिककाे रूपमा संचालनमा आएकाे हाे ।
छाला तथा चर्मरोग र कुष्ठ राेगकाे उपचार संगै अब कस्मेटिक सर्जरी, स्किन ग्राफ, लेजर थेरापी तथा हेयर प्लान्ट लगायतका उपचार सेवा समेत साे जनकपुर स्कीन केयरबाट दिईने डा. झाले बताए ।
उनले क्लिनिकमा चर्मरोगको उपचारका साथै कुष्ठरोगीहरुको समेत विशेष उपचार गरिने जानकारी दिए ।
वरिष्ठ चर्मरोग विशेषज्ञको रुपमा ख्याती कमाईसकेका तथा लालगढ स्थित कुष्ठ तथा चर्मराेग अस्पतालमा कार्यरत डा. झाले चर्मरोगको उपचारमा सरसफाई तथा ल्याब लगायत विभिन्न उपकरण अतिआवश्यक रहेकोले क्लिनिकमै सबै सुविधा उपलब्ध गराइने बताए ।
पहिलाकाे क्लिनिकमा ठाउँ आभाव, ल्याब लगायतका समस्या थियाे ती सबै समस्याकाे समाधान सहित गरिब तथा विपन्न परिवारलाई क्लिनिकले सक्दो सुलभ हिसाबले उपचार दिने उद्देश्यले आफ्नै भवनमा क्लिनिक संचालनमा ल्याइएकाे डा. झाले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !