जनकपुरधाम, फागुन २० गते । पुर्व राष्ट्रपति डा. रामवरण यादवले साहित्य संगसंगै मरूभुमी भईरहेकाे चुरे र पाेखरी तलाउकाे पनि संरक्षण गर्न जरूरी रहेकाे बताएका छन ।
बुधवार देखि जनकपुरधाम शुरू भएकाे जनकपुर साहित्य महाेत्सवकाे उद्घाटन गर्दै पुर्व राष्ट्रपति डा. यादवले भने साहित्यप्रति ध्यान दिन जरूरी नै छ तर त्याे संगसंगै विनाश भई मरूभुमिमा परिणत भईरहेकाे चुरे वन जंगल र जनकपुरधाम स्थित पाेखरी तर्फ पनि ध्यान पुरयाउनु जरूरी छ ।
चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने चुरे जाेगिएन भने भाेलीकाे आउने दिनमा जल र खाद्यान्न संगै जीवन बांच्ने प्रमुख आधार श्वास लिने आक्सीजनकाे पनि आभाव हुन्छ ।
चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ, चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन भने तराई मधेश संगै सिंगाे राष्ट्रकाे भविष्य अन्धकार हुन्छ ।
प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको छ । यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर छ । कारण यस प्रदेश भएर बग्ने नदी र खहरेको मूल चुरे हो ।
चुरे संरक्षण मार्फत यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडी आउनु आवश्यक रहेको बताए ।
उनले भने जनकपुरमा दर्जनाै ऐतिहासिक पाेखरीहरू रहेकाे छ जुन अहिले संरक्षणकाे आभावमा विलुप्त हुन गइरहेकाे छ यसतर्फ जनकपुरधाम उपमहानगरपालिकालाई ध्यान दिन जरूरी छ ।
जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको शुरु भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !