जनकपुरधाम, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाईहठ त्यागेर राजीनामा दिन मांग गरेका छन् ।
नेकपा दाहाल नेपाल समुहका प्रेस संगठनकाे प्रदेश २ काे प्रदेश स्तरीय भेलालाई आइतवार जनकपुरधाममा सम्बोधन गर्दै भट्टराईले संवैधानिक व्यवस्था संसद पुनस्थापनापछि सरकारमा बसेका व्यक्तिले तत्काल राजीनामा दिई नयां सरकारकाे लागि बाटाे खाेल्नुपर्छ तर ओेलीले हठ गरि कुर्सीमा बसेका छन ।
उनले भने सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गरिसकेकाेले प्रधानमन्त्री ओलीले आगामी फागु २३ गते संसद बस्नुअघि नै पद त्यागिसक्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले नैतिक रुपमा पद नत्यागे उनको अन्त्य दर्दनाक हुने पनि जिकिर गर्दै भने हठ लिए भने व्यक्तिगत रुपमा पनि उहाँका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुनेछ । यदि संसदमा टसल गर्न आउनु भयो भने उहाँका निम्ति त्यो वियोगान्त बाहेक केही हुने छैन ।
एक अर्काे प्रसंगमा नेता भट्टराईले भने संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका प्रतिनिधिसभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरेकाे छ ।
तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !