जनकपुरधाम, फागुन १३ गते । काेभिड १९ काे असर उच्च अदालत जनकपुरमा पनि परेकाे कारण चालू आर्थिक वर्षमा मात्र २५.५ प्रतिशत मुद्दा फर्छाैट हुन सकेकाे छ ।
अदालतले वार्षिक लक्ष्य र सोको प्रगति विवरण सार्वजनिक गरेकाे पत्रकार सम्मेलनमा यस्ताे जानकारी दिइएकाे छ ।
चालु आर्थिक वर्षमा लक्ष्य रहेकाे २ हजार ९ सय ५८ मुद्दामा माघ मसान्तसम्ममा २ हजार ३ सय ४५ मुद्दा फर्छयौट गर्नुपर्ने थियो । तर काेभिडका कारण अदालतले माघ मसान्त सम्ममा ५ सय ९८ मुद्दाहरु मात्रै फर्छयौट गर्न सकेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले जानकारी दिएका छन ।
कोरोना महामारी र जनशक्ति अभावका कारण मुद्दाहरु फर्छयौट गर्न कठिनाई भईरहेको अधिकारीले बताए । उनले समयमा मुद्दाहरु फर्छयौट हुन नसक्दा मुद्दाका चाप समेत बढ्दै गईरहेको बताए ।
उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको र त्यसमा पनि दक्ष कर्मचारीकाे आभावले लक्ष्य अनुसार मुद्दा फर्छाैट गर्न नसकिएकाे उनले बताए ।
उनले उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको जानकारी दिदै भने ५ सय ९८ मुद्दा मात्र फैसला भएकाे र आदेश गरिएका २ हजार १ सय ३९ वटा मुद्दाहरु रहेकाे बताए ।
उच्च अदालत जनकपुरमा २०७७ साउनदेखि माघ मसान्त सम्मको पेशी संख्या ६ हजार ८ सय८, पक्षबाट स्थगित ६ सय १५, कानून व्यवसायीबाट स्थगित १ हजार ६ सय ८३, हेर्न नभ्याइएको १ हजार २ सय ३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित ५ सय ४ भएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !