जनकपुरधाम, फागुन १३ गते । पुर्व राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतले गरेकाे संसद पुन:स्थापनाले मुलुकलाई ठुलै दुर्घटनाबाट जाेगाएकाे बताएका छन ।
गान्धीवादी नेता स्वर्गीय महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्ती समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व राष्ट्रपति डा.यादवले भने अदालतले संसद पुनःस्थापना गरी संविधानकाे रक्षा गर्नुका साथै मुलुकलाई पनि दुर्घटनाबाट जाेगाएकाे छ ।
उनले भने,‘संविधानमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर देशमा मचाएकाे राजनीतिक वितण्डालाई तह लगाउन सम्मानित सर्वोच्च अदालतले गरेकाे फैसलाले जनता ठुलो उपलब्धी हासिल गरेकाे छ ।
डा.यादवले राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकाले लोकतन्त्रमाथी पटक पटक प्रहार हुँदै आइरहेको समेत बताए । राजनीतिक पार्टीहरु आफ्नो विधान अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथी आघात हुंदै आएकाे हाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !