जनकपुरधाम, फागुन ११ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सीमानाका अविलम्ब सुचारु गर्न सरकारसंग मांग गरेका छन ।
महोत्तरीको मटिहानी नगरपालिकाद्वारा मटिहानी बजारमा निर्मित घण्टाघरको समुघाटन कार्यक्रममा अध्यक्ष यादवले भारत संगको सीमानाका सुचारु गर्न आफुहरु प्रधामन्त्रीलाई पटक पटक अनुरोध गरे पनि अटेरी गर्दै आएको आरोप लगाउंदै खाेल्न मांग गरे ।
उनले भने ढाट लगाएर काेराेनालाई रोक्न सकिदैन सरकारले यसकाे उचित व्यव्थापन गर्न जरूरी छ। अध्यक्ष यादवले सीमानाका बाट मधेशी जनताको जीवन नै जुडेको हुनाले यस संवेदनशिलतालाई ख्याल गर्दै प्रधानमन्त्रीले अविलम्ब सीमा नाका खोल्नु पर्ने पर्छ नखाेले जनता कडा संघर्षमा उत्रिनेछ।
विश्वका कतिपय देशहरु सीमा विहिन भएको उल्लेख गर्नु हूँदै अध्यक्ष यादवले २१ औ शताव्दीको युगमा सीमा नाका बन्द गर्नु आफैमा हास्यास्पद रहेको बताए ।
मटिहानी नपाका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष यादव र मुख्यमन्त्री लालबाबु राउत लगायतका वक्ताहरूले पनि आ- आफ्ना धारणा राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !