जनकपुरधाम, फागुन ११ गते । महोत्तरीको सहोडवामा जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको अपहरण भएको आक्रोशमा स्थानीयले चक्काजाम गरेका छन ।
जिल्लाको पिपरा गाउँपालिका ५ सहोड़वाका मोसाफिर झा र उनकी श्रीमति गीता देवीको अपहरण भएको भन्दै स्थानीयले जनकपुर भिट्ठामोड सडकखण्डको सहोहवामा चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीयका अनुसार मोसाफिर झा अदालतमा विचाराधिन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए । जग्गाको विषयमा विपक्षीसंग केही दिन अगाडी विवाद समेत भएको थियो ।
मंगलबार बिहान अबेरसम्म झा दम्पतिलाई नदेखेपछि गाउँका व्यक्तिहरु घरमा गएर हेर्दा सुत्ने कोठामा झा दम्पति थिएन त्यहाँ रगतको थोपा देखिएपछि घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गर्दै खोजीको माँग गर्दै स्थानीयले चक्का गरेका थिए ।
दूबैको पत्तो नलागेसम्म चक्का जाम राख्ने स्थानीयहरुको चेतावनी छ । चक्का जामका कारण यात्रुहरुलाई बिहानैदेखि आवत जावतमा समस्या भई रहेको छ । अपहरित दम्पतिको खोजी कार्य र घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !