जनकपुरधाम, फागुन ९ गते । धनुषा प्रहरीले जिल्लाकाे बटेश्वरबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा २ बस्ने २१ बर्षिय केशव सिंह, २० बर्षिय रोशन ठाकुर र २० बर्षिय सहिल सिंह रहेकाे जानएकाे छ ।
शनिबार बेलुका बटेश्वर गाउँपालिका २ धुमासनबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ ।
प्रकाउ परेका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट सहित एउटा बरामद भएकोे ईप्रका महेन्द्रनगरले जनाएको छ।
प्रहरीले उनीहरु चढेको ज ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !