जनकपुरधाम, फागुन ८ गते । जनकपुरधामस्थित एक होटेलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया एक युवती झुण्डिएकाे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले दिएकाे जानकारी अनुसार उनी त्यस गेस्ट हाउसमा गत २ दिनदेखि बस्दै आएकी थिइन् ।
उनले भने प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवती झापा जिल्लाकाे रहेकाे छ ।दुई दिनअघि एक युवकसंग ती हाेटेलमा बस्न आएकाे थियाे ।
घटना बारे थप विवरण अनुसन्धानपछि खुल्नेछ शव पाेष्टमार्टमका लागि प्रदेशिक अस्पतालमा पठाइसकिएकाे उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !