काठमाडौं, फागुन ७ गते । काेभिडका कारण लामाे समयदेखि स्थगित पठन पाठनकाे नयां शैक्षिक सत्र असार १ गतेदेखि शुरू हुने भएकाेछ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेकाे हो ।
उनका अनुसार संशोधित शिक्षा नियमावलीलाई आधार मानेर मन्त्रालयले यो वर्षको शैक्षिक सत्र काेभिडका कारण दुई महिनापछि धकेल्ने निर्णय गरेको हो ।
संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।
एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।
शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !