जनकपुरधाम, फागुन ६ गते । लामो समयपछि प्रदेश २ सरकारले दलित विकास समितिको पदाधिकारीहरु नियुक्त गरेको छ ।
बिहीवार मन्त्रिपरिषदको बैठकबाट सामाजिक विकास मन्त्री नवलकिशोर साह अध्यक्ष रहने गरी उपाध्यक्ष सहित सदस्यहरुको बिहीवार नियुक्ति गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले दिएको जानकारी अनुसार उपाध्यक्षमा सर्लाहीका रामप्रसाद बैठा, महिला सदस्यहरुमा सिरहाकी सेवकी देवी दास र सुनिता मरिक डोम, अन्य सदस्यहरुमा सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मालाई नियुक्त गरिएको छ ।
नियुक्त भएकाहरुले पदाधिकारीहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री यादवले जनाए । एकवर्ष अघि नै दलित सशक्तिकरण ऐन प्रमाण्ीकरण भइसकेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !