जनकपुरधाम, फागुन ५ गते । प्रदेश २ सरकारले राष्ट्रिय गाैरवको याेजना भनेकाे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटन भई संचालनमा आएकाे छ ।
प्रादेशिक अस्पताल प्राङ्गण भित्रै गठन गरिएका साे प्रतिष्ठानकाे बुधवार मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उदघाटन गरेपछि संचालनमा आएकाे हाे ।
प्रतिष्ठानको कार्यालय उदघाटन गर्दै मुख्यमन्त्री राउतले भने यो प्रतिष्ठानको कार्यालय संचालनमा आएपछि प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको र यसबाट स्वास्थ्य क्षेत्रमा सुधार आउनेछ।
उनले प्रदेश २ स्वास्थ्यको सूचकांममा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न ठुलाे टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षो पुरानो अकांक्षा अब प्रतिष्ठानले गर्ने भन्दै उनले यो शुरुवात मात्रै हो, यहाँ एमबीबीएस, एमडी लगायतको पढाई हुने छ बताए ।
मुख्यमन्त्री राउतले संघीय सरकारकाे गलत नीतिका कारण आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको आराेप लगाए । उनले प्रतिष्ठानको स्थापना संगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण गर्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान संचालनमा आएपछि प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको दाबी गरे ।
उनले यस प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान हुने र राेजगार श्रृजना भएकाे भन्नेमा आफू विश्वस्त रहेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !