Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश पत्रकार महासंघको सभा : जिल्लाकै विवरण सदर गर्ने निर्णय

किन प्रस्तुत भएन प्रतिवेदन ? एकलौटी गर्न खोजियो भन्दै मंचको आपति


प्रदेश पत्रकार महासंघको सभा : जिल्लाकै विवरण सदर गर्ने निर्णय

जनकपुरधाम, फागुन २ गते । जिल्ला शाखाहरुले सिफारिस गरेका नयाँ सदस्यता तथा नवीकरणलाई सदर गर्ने निर्णय सहित नेपाल पत्रकार महासंघ प्रदेश २ को दोश्रो साधारण सभा सम्पन्न भएको छ ।

शनिवार पर्साको वीरगञ्जमा सम्पन्न साधारणको बन्द सत्रबाट प्रदेश समितिबाट अनुमोदनका लागि पठाइएको नयाँ सदस्यता तथा नवीकरणको समस्यालाई विवादरहित बनाउने केन्द्रिय संगठन विभागबाट जिल्ला शाखाहरुले पठाएको विवरणलाई नै सदर गर्ने निर्णय गरिएको हो ।

त्यसैगरि सदस्यता बितरण र तथा नविकरणका बिषयमा प्रदेश समितिमा परेका पूनरावलोकन उजुरीहरु प्रमाणसहित केन्द्रीय संगठन बिभागमा पठाउने निर्णय पनि गरिएको छ । पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि प्रदेश समितिले जिल्लाले पठाइएको विवरणलाई बेवास्ता गर्दै एकलौटी रुपमा आफ्नो विवरण पठाउँदा विवादित बनेको थियो ।

नयाँ सदस्यता तथा नवीकरण विवादले गर्दा साधारण सभा नै प्रभावित हुने सम्भावनालाई दृष्टिगत गर्दै विवाद समाधानका लागि बन्द सत्रमा केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको विवरणलाई सदर गर्ने निर्णय भएपछि साधारण सफलपुर्वक सम्पन्न भएको थियो ।

यअसघि प्रदेश समितिका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता र केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा साधारण सभाको उद्धघाटन समारोह सम्पन्न भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघ मुलुककै सबैभन्दा समावेशी चरित्रको नागरिक संगठन भएको चर्चा गर्दै यसको साझा चरित्रलाई कायम राख्नु पर्नेमा जोड दिएका थिए । महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा कसैसँग सम्झौता समेत नगर्नेमा समेत उनले जोड दिएका थिए ।

समारोहमा नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, केन्द्रिय महासचिव रमेश बिस्ट, सचिब रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबू सिवाकोटी, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेष लगायत प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष सहितका पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

पुरस्कृत र सम्मानित

महासंघको उद्घान समारोहमा नेपाल पत्रकार महासंघ प्रादेशिक पत्रकारिता पुरस्कारबाट महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पर्साका पुर्ब अध्यक्ष शत्रुधन नेपाल २५ नगद सहित पुरस्कृत भएको प्रादेशिक समितिका महासचिव किरण कर्णले जानकारी दिएका छन ।

त्यस्तै सप्तरीबाट प्रेस स्वतन्त्रता सेनानी एवं सप्तरी शाखाका पूर्व अध्यक्ष वैधनाथ झा, सिराहका चन्द्रदेव कामती, धनुषाका अजय झा, महोत्तरीका रविन्द्र उप्रेती, सर्लाहीका रोशन न्यौपाने, रौतहटका बिनयलाल दास, बाराका रामेश्वर मेहता र पर्साका शेषमन पंडितलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

साधारण सभाप्रति आपति

यसैबीच प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघ प्रदेश २ को साधारण सभा एकात्मक तानाशाही ढंगले सिन्डिकेट लगाएर गरिएको भन्दै आपति जनाएका छन ।

मञ्चका केन्द्रिय उपाध्यक्ष किशोर गुरुले सामाजिक सञ्जालमा एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ कुनै व्यक्ति र संगठन विशेषको मात्र नभई सम्पूर्ण संचारकर्मीहरुको साझा संगठन हो, तर अभिभावकीय संस्थाको साधारण सभामा पत्रकारिामा सक्रिय संगठनहरुलाई सहभागी नगराई एकलौटी गर्न खोजिएको भनी आपति जनाएको हो ।

प्रेस मञ्च जस्ता सञ्चार जगतको क्षेत्रमा सक्रिय संगठनहरुको प्रतिनिधि सहभागी नगराउनु तथा जानकारी समेत नदिनुले पत्रकार महासंघ जस्ता राज्यको चौथो अंग कहलिएका निकायले नै निषेधको राजनीति गर्न खोजेको ठहर गर्दै सीमित व्यक्तिको सहभागितामा भएको कोठे साधारणसभा तथा चोर बाटो बाट गरिएको साधारणसभाप्रति असहमति जनाउंदै स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ ।

विवादित र त्रुटिपुर्ण आर्थिक प्रतिवेदन

साधारण सभाका लागि कोषाध्यक्ष प्रवीण साहद्वारा प्रस्तुत गर्न तयार पारिएका आर्थिक प्रतिवेदनमा खर्च हिसाब मात्र देखाई आम्दानी उल्लेख नगरिएका त्रुटि देखिएको छ ।

श्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका खर्चहरुले विवाद उत्पन्न गर्न सक्ने भनी बन्द सत्रमा प्रतिवेदन नै प्रस्तुत गरिएन । लोकपुकारले फेला पारेको सो प्रतिवेदनमा महासंघले गत आ.ब. ०७६/७७ मा २४ लाख ७५ हजार ५० रुपैया खर्च भएको उल्लेख गरिएको छ । तर आम्दानी कहाँ कहाँबाट भएको भन्ने कुरा उल्लेख छैन ।

प्रतिवेदन अनुसार गत आ.ब. महासंघको प्रादेशिक समितिले आवास, खाना तथा स्थानीय यातायात शिर्षकमा मात्रै ३ लाख ४५ हजार रुपैया खर्च गरिएको छ । तर त्यो आवास, खाना तथा स्थानीय यातायात के का लागि र कसका लागि गरिएको भन्ने कुरा उल्लेख छैन ।

त्यस्तै विदेश भ्रमणमा २ लाख २० हजार, जिल्ला भ्रमणमा १५ हजार गरी कुल २ लाख ३५ हजार रुपैया खर्च गरिएको छ भने सम्पन्न गत साधारण सभामा ३ लाख ९८ हजार रुपैया, संचार अनुगमनमा ४२ हजार र साना पत्रिकालाई ३३ हजार ४ सय ८० रुपैया खर्च देखाइएको छ । बन्द सत्रमा सहभागी एक पदाधिकारीका अनुसार कोषाध्यक्षको प्रतिवेदनले पत्रकारहरुको हकहित र पत्रिका पेशा संरक्षण सम्वद्र्धनको नाममा ल्याइएको रुपैया विदेश भ्रमण र खानपीनमै सिध्याएकोले विवाद हुन सक्ने भनी सभामा पेश नै गरिएन ।

महासचिवको प्रतिवेदन पनि प्रस्तुत भएन

यसैबीच प्राप्त जानकारी अनुसार सभाको बन्द सत्रमा महासचिव किरण कर्णको प्रतिवेदन पनि प्रस्तुत भएन । महासचिवलाई सांगठनिक रुपमा कमजोर बनाउने समितिका अध्यक्ष चौहान सहितका केही पदाधिकारीले खेलेको भूमिका र नयाँ सदस्यता र नवीकरण सम्बन्धी विवाद उल्लेख भएको कारण महासचिवलाई प्रतिवेदनै पेश गर्न दिइएन ।

लोकपुकारले फेला पारेको प्रतिवेदन अनुसार अध्यक्ष सहितका केही पदाधिकारीले गर्दै आएको मनमानी विरुद्ध आवाज उठाउंदा लेटरप्याड, जीमेल ह्याक गरी मनमानी रुपमा दुरुपयोग गरिएको लगायतका कुरा उल्लेख छ ।

प्रतिवेदन पेश भएमा अध्यक्ष सहितका केही पदाधिकारीको चरित्र उदांगो हुन सक्ने कुराको दृष्टिगत गर्दै बन्द सत्रमा प्रतिवेदन नै प्रस्तुत गर्न नदिई नयाँ सदस्यता र नवीकरण सहितका विवादित कुरा टुग्याई सभा समपन्न गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन २, आईतवार १७:२७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन २, आईतवार १७:२७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ फाल्गुन २, आईतवार १७:२७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ फाल्गुन २, आईतवार १७:२७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ फाल्गुन २, आईतवार १७:२७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ फाल्गुन २, आईतवार १७:२७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव