जनकपुरधाम, माघ २८ गते । प्रतिनिधि सभा विघटन विरूद्ध देशभरसहित जनकपुरधाममा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले मशाल जुलुस प्रदर्शन गरेकाे छ ।
पुर्व निर्धारित कार्यक्र अनुसार जनकुरधामकाे रेफवे स्टेशनबाट निस्केकाे मशाल जुलुस नगरकाे विभिन्न भागकाे परिक्रमा गर्दै जनक चाेकमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै जसपाले विराेध आन्दाेलन गर्दै आएका छन ।
जसपा नेपाल जिल्ला अध्यक्षद्वय पशुपति यादव र प्रमोद यादव नेतृत्वमा निस्केकाे साे मशाल जुलुसमा जसपाका केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा पालिका सदस्यहरु स्थानीय नेता तथा कर्याकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !