काठमाडौ, माघ २७ गते । आगामी वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।
प्रतिनिधिसभा विघटन भए लगतै काम चलाउन सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन ।
ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन सदर गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटन विरुद्ध परेको एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ । संसद विघटनको निर्णय लगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद जारी रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !