Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

थप दाइजोका कारण घरबाट विस्थापित महिला न्याय खोज्दै


थप दाइजोका कारण घरबाट विस्थापित महिला न्याय खोज्दै

जनकपुरधाम, माघ २४ गते । थप दाइजो नदिइएको कारण घरबाट विस्थापित भएकी महोत्तरी बलवा नगरपालिका ६ बनौटाकी एक महिला न्यायका लागि भौंतारिदै छिन ।

करीब तीन वर्षअघि २५ लाख खर्चेर सर्लाही जिल्लाका चकरघट्टा गाउँपालिका पररिया निवासी अनिता साहको बनौटा निवासी जयनारायण साहको छोरा मनिष साहसँग बिहे भएको थियो । तर हाल थप दाइजो नदिइएको कारण उनी ससुराली पक्षद्वारा विस्थापित भएकी छिन ।

माइत पक्षको सहयोगमा बिहीवार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी थप दाइजो नदिइएको कारण आफ्ना श्रीमान मनिष साह, ससुरा जयनारायण साहले महिनौदेखि कुटपिट गर्दै हाल घरबाट विस्थापित गरिदिएको अनिताले आरोप लगाईन ।

उनले भनिन मेरै बुवाले दाइजोमा दिएको नगद १२ लाख रुपैयाले पडौलथानमा कपडा पसल संचालन गर्दै आएका छन । बिहेको केही दिनपछि थप दाइजो माइतबाट मांगेर ल्याउ भनी शारिरीक र मानसिक यातना दिर्दै कुटपिट गर्दै आएको छ । शुरुमा थप दाइजो मांगेर ल्याउ भनी यातना दिदै आएको थियो, अहिले आएर तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु तिमी यहाँबाट जाउँ भनिरहेको पीडा उनले सुनाईन ।

माइती पक्षको सहयोगमा अनिताले न्यायका लागि गएको असार महिनामा सम्बन्धित ईलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गएको साउन ७ गतेका दिन जनता समाजवादी पार्टीका प्रदेश सांसदद्वय सुरिता साह र मनिषका मामा भनिएका जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने भनी सहमति भयो । तर त्यो सहमति कार्यान्वयन हुन सकेन ।

त्यसयता आजिज भई पुनः जिल्ला प्रहरी कार्यालयको महिला सेल र बनौटा प्रहरी कार्यालयमा उजुरी दिए तर कुनै सुनुवाई हुन सकेको छैन । के भयो भनेर सोध्न जाँदा प्रहरीले हप्काएर पठाउने गरेको छ ।

पत्रकार सम्मेलनमा अनिताका बुवा विष्णुदेव साहले भने बिहेमै साढे १२ लाख नगद, ५ लाखको गरगहना र डेढ लाखको कपडा सहित २५ लाख रुपैया खर्चिसकेको छु अब थप दाइजो कहाँबाट ल्याएर दिऊ ।

उनले भने आफ्नो छोरी पटक पटक घरमा थुनेर कुटपिट र जलाएर मार्ने भइरहेको प्रयासबाट आजिज भई दिएको उजुरीको आधारमा छोरीलाई नागरिकता, विवाह दर्ता र बच्चाको जन्मदर्ता बनाई दिने सहमति भएको थियो । तर नागरिकता र विवाहदर्ता बनाउन भन्दा कुटपिट गर्दै आएका छन ।

एसपी र सांसदद्वयको उपस्थितिमा भएको सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि बनौटा ईलाका प्रहरी कार्यालयका रविन्द्र सिंहले आफ्नो ग्यारेन्टीमा दुई साताअघि जनकपुर बस्न पठाई दियो ।

जनकपुरको भमरपुरा चौकमा डेरालाई राखेर दुई दिनमै अनितालाई छाडेर मनिष सम्पूर्ण गरगहना, रुपैया पैसा र मोबाइल समेत लिएर फरार भइसक्यो । श्रीमानको बाटो हेर्दा हेर्दै अनिताले छिमेकीको सहयोगमा पुनः बुवा जयनारायणलाई घटना बारे जानकारी गराउंदै सहयोगका लागि आग्रह गरिने ।

छोरी अनिताको कुरा आफू जनकपुर आई उनलाई लिएर पुनः बनौटा र जिल्ला प्रहरी कार्यालयमा सहयोगका लागि पुग्दा अब के गरौ, जहाँ जानुछ जाउँ म केही गर्न सक्दैन भनी उल्टै हप्काउने गरेको पीडा उनले बताए । पत्रकार सम्मेलन पश्चात अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा अनितालाई राखिएको छ ।

उता घटना बारे ईलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सई रविन्द्र सिंहले भने हामीले पटक पटक सहमति गराउने प्रयास गरयौं तर हुन सकेन । अन्त्यमा एसपी साबकै उपस्थितिमा लिखित सहमति पनि गरायौं । तर सो सहमतिपनि कार्यान्वयन भएन । अन्ततः यातनाबाट बचाउन तिनीहरुलाई जनकपुर पठयौ तर केटा त दुई दिनपछि नै अनितालाई छाडेर फरार भयो र अहिलेसम्म फरार नै छ ।

उनले भने प्रहरीले मनिषको खोजी गरिरहेको छ । उनी भेटाएपछि दुवै पक्षलाई बसाएर समाधान गर्ने प्रयास गर्छौ यदि त्यसो नभएको खण्डमा हामी कानूनी उपचारतर्फ जानेछौं ।

लोकपुकारको जिज्ञासामा उनले भने घटना पश्चात केटीका बुवा आफू कहाँ उजुरी दिएका छन तर के गरौं केटा नै फरार छ, त्यसको आमाबुवालाई समात्न मिल्दैन । केटा भेटाएपछि मात्रै अब केही हुन सक्ने सई सिंहले बताए ।

सिंहले एसपी साबको उपस्थितिमा सहमति गराएको बताएपनि महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले घटना बारे केही जानकारी नै नभएको बताउंछन । उनले भने घटना बारे आफूलाई केही जानकारी छैन ईप्रका बनौटा संग बुझेर मात्रै भन्छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७७ माघ २४, शनिबार १९:०१
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ माघ २४, शनिबार १९:०१
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ माघ २४, शनिबार १९:०१
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ माघ २४, शनिबार १९:०१
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ माघ २४, शनिबार १९:०१
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ माघ २४, शनिबार १९:०१

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव