जनकपुरधाम, माघ २४ गते । नेपाली कांग्रेसका उपसभापति कम्युष्टिहरुको घरायसी विवादका कारण मुलुकलाई बरबाद हुन नदिने बताएका छ ।
शनिवार प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसक सम्बद्ध संघ संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने पारिवारिक झगडामा घर नै भत्काइ दिने झै कम्ष्युनिष्टहरुले पार्टीगत विवादका कारण मुलुकलाई प्रतिगमन तर्फ धकलेका छन ।
कहीं न कही जसको दोषी मधेशी जनता पनि हुन भन्दै उनले कम्युनिष्ट भनेकै निरंकुश हुन्छ जान्दा जान्दै मधेशी जनताले कांग्रेसीलाई हराउन कम्युनिष्टहरुको हातमा सत्ता सौपिदिए जसको परिणाम आज मुलुक प्रतिगमनतर्फ धकेलिएको छ ।
उपसभापति निधिले कम्युनिष्ट नेतृत्वको सरकार निरंकुश मात्रै होइन काण्डैकाण्डले भरिएको आरोप लगाउंदै कारवाही गर्ने निकाय नै सत्तापक्षको दास बनेपछि कारवाही कसले गर्ने तर हामी तिनीहरुको काण्डको भण्डाफोर गर्नेछौं भने ।

उनले भने हामी मुलुकलाई बचाउन प्रतिनिधि सभा पुनस्थापन गर्ने पक्षमा छौं । यदि पुनस्थापन हुन सकेन भने लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा पनि जान तयार छौं । निधिले निर्वाचन र पुनस्थापना दुवैका लागि तयार रहन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
एक अर्को प्रसंगमा ओली नेतृत्वको सरकार राजतन्त्र फर्काउन लागेको छ । तर नेपाली कांग्रेसको तिनीहरुको सपना साकार हुने दिने छैन । जनआन्दोलनबाट प्राप्त उपलब्धी संघीय गणतन्त्रलाई समाप्त पार्न हामी दिदैनौं । राजतन्त्र फर्काउन खोज्नेहरुलाई नेपाली जनता नै लखेटेर भगाउने भने ।
यसअघि कांग्रेसका भातृ संगठनहरुले आ आफ्ना ब्यानगर सहित नगरमा विरोध जुलुस प्रदर्शन गरेका थिए । पार्टीका २१ वटा भातृ संगठनको सहभागितामा पार्टी कार्यालयबाट निस्केको सो विरोध नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरुले बेरोजगार बीमा लागू गर, शैक्षिक अराजकता बन्द गर, संघीय शिक्षक ऐन जारी गर, मर्यादित रोजगार श्रृजना गर, श्रमिकहरुको स्थानीय तहमा पञ्जीकरण गर लगायतका नारा सहितका प्लेडकार्ड समेत प्रदर्शन गरेको थियो ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !