Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संचार क्षेत्रको निकायमा सपाको कब्जा, जसपा भित्र विवाद


संचार क्षेत्रको निकायमा सपाको कब्जा, जसपा भित्र विवाद

जनकपुरधाम, माघ २३ गते । राजनीतिक नियुक्तिले गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्र विवाद उत्पन्न भएको छ ।

पछिल्लो पटक मधेश स्वास्थ्य प्रतिष्ठानमा पदाधिकारी नियुक्तिले उठेको विवाद अहिले संचार क्षेत्रका निकायमा भएको पदाधिकारी नियुक्ति जसपा भित्र प्रदेश २ को सत्तारुढ तात्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच विवाद तिव्र बनेको छ ।

पछिल्लो पटक भागबण्डाले महिनौदेखि स्वास्थ्य प्रतिष्ठानमा अड्किएका पदाधिकारी नियुक्तिमा राजपाले आफ्नो मन्त्रालय अन्तर्गत रहेको अधिपत्य जमाएपछि निकै कसरतपछि सपाले पनि संचार क्षेत्रको निकायमा एकलौटी कब्जा गरेका छन । शुक्रवार बिहान बसेको मन्त्रिपरिषदको बैठकबाट आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोक संचार प्रबर्द्धन बोर्डमा सपाले आफ्ना निकट र संगठनमा नियुक्त गरी सपाले कब्जा गरेका छन ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरेकोमा अनौपचारिक रुपमा राजपा सम्बद्ध नेताहरु विरोध जनाउन थालेका छन ।

लोकपुकार कुरा गर्दै राजपा सम्बद्ध एक प्रदेश सांसदले भने राजनीतिक नियुक्तिमा सपाले एकलौटी गर्नु सरासर गलत हो । तर जसपा भित्र विवाद भयो भनेर हुने हल्लाको डरले खुलेर बोल्न नसक्ने अवस्था छ । पार्टीभित्र कुनै छलफल नै नगरी सपाले मनमानी गरेको छ जसको विरोध हामी केन्द्रिय कार्यसमितिको बैठकमा गर्र्ने छौं ।

हाल जसपाका कार्यकारिणी सदस्य रहेका एक राजपा नेताले पनि स्वास्थ्य प्रतिष्ठान वा संचार क्षेत्रको निकायमा कुनैपनि दलले एकलौटी गर्नु गलत हो । अहिले भइरहेका नियुक्ति बारे कार्यसमितिमा कुनै छलफल नै पदीय दम्भको आधारमा नियुक्ति गर्दै आएको आरोप लगाए ।

नियुक्त भएका यादव सपाको भातृ संगठन प्रेस नेपालका प्रदेश २ अध्यक्ष हुन भने भट्टराई सपाका महिला उपाध्यक्ष रेणु यादव निकटका व्यक्ति छन । त्यस्तै मरबैता मुख्यमन्त्री लालबाबु राउत निकट व्यक्ति हुन ।

चिनजान पहिलादेखि रहेपनि रेणु यादवसँग भट्टराईको नजिकता दोश्रो जनआन्दोलनको बेलादेखि रहेको बताइएको छ । आन्दोलन दबाव समूहमा सदस्य भएकी यादवकीलाई भट्टराईले निकै सघाएको कुरा सप्तरीका एक राप्रपा नेताले बताएका छन । राप्रपादेखि जसपासम्मको यात्रामा सघाएको प्रतिफल जसको प्रतिफल अहिले भट्टराई मिडिया काउन्सीलबाट पाएका हुन ।

मरबैता ती व्यक्ति हुन जसले यसअघि बेटी पढाउ बेटी बचाउ कार्यक्रमको राजदुतमा रेखा थापालाई नियुक्त गराउन मुख्यमन्त्री राउतसंग सिफारिस गरेको कारण विवादमा तानिएको थियो ।
हुनत तात्कालिन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव संचारमन्त्री भएको बेला मरबैता चलचित्र बोर्ड नेपालका अध्यक्ष बनिसकेका हुन । कनिष्टलाई अध्यक्ष बनायो भनी त्यस बेला पनि मरबैलाको निकै विरोध भएको थियो ।

यसअघि प्रदेश सरकार अन्तर्गत कुनैपनि निकायमा राजनीतिक नियुक्तीमा सहमतिय आधारमा सतारूढ तात्कालिन राजपा र सपा दुवैले भागबण्डा गर्ने गर्थे । तर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजपाले सबै भाग मारेपछि सपाले पनि मिडिया क्षेत्रका तिनवटै पद आफै खोसेका छन ।

संचार क्षेत्रको निकायमा अहिले नियुक्त भएका पदाधिकारीहरुलाई नै अनौपचारिक रुपमा सपाले महिनौअघि नियुक्त गरिसकेका थिए । तर राजपाको अवरोधले केही दिन रोकियो । यसैबीचमा सो पदका लागि एउटै सपा पार्टीबाट मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवबीच जुहारी नै भयो । कुरा नमिलेपछि अन्ततः मन्त्री यादवले खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भनी विज्ञापन नै प्रकाशन गरे । विज्ञापनमा केही आवेदन परेपनि नियुक्ति चाहि पार्टीगत आधारमा गरिएको आरोप लाग्न थालेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ माघ २३, शुक्रबार १६:२८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ माघ २३, शुक्रबार १६:२८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ माघ २३, शुक्रबार १६:२८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ माघ २३, शुक्रबार १६:२८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ माघ २३, शुक्रबार १६:२८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ माघ २३, शुक्रबार १६:२८

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव