जनकपुरधाम, माघ २३ गते । आफ्ना नेताहरुको ज्यान मार्ने गरी प्रहरीद्वारा सुनियोजित रुपमा प्रदर्शनको क्रममा आक्रमण गराइएको नेकपा दाहाल नेपाल समूहले आरोप लगाएका छन ।
शुक्रवार बिहान आमहड्ताल जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का प्रदेश सभा सदस्य शत्रुध्न महतोले भने शान्तिपूर्ण आन्दोलनको क्रममा केपीशर्मा ओलीले आफ्ना पार्टीकबा शिर्ष नेताहरुको ज्यान मार्ने उद्देश्यले प्रहरीद्वारा प्रदर्शनको क्रममा प्रहरीद्वारा आक्रमण गराइयो ।
उनले भने प्रदर्शन शान्तिपूर्ण नै थियो यदि राज्य पक्षको अनुसार अनियन्त्रित नै भयो भने पानीको फोहोरा वा सामान्य लाठी चार्जले नियन्त्रण गर्न सकिन्थ्यो तर त्यसो नगरी सुनियोजित रुपमा ज्यान मार्न हाम्रा पार्टीका शिर्ष नेताहरुमाथि बर्बरतापुर्वक लाठी चार्ज र पचासौ राउण्ड गोली फायर गरियो । सांसद महतोले आफ्नो नेता कार्यकर्ता र स्थानीयवासीलाई धन्यबाद ज्ञापन गर्दै भने यदि तिनीहरु समयमा नभएको आफ्ना नेताहरुको हत्या गर्न ओली सफल हुन सक्थ्यो ।
संचारकर्मीहरुको जिज्ञासामा सांसद महतोले आमहड्ताल गर्ने हाम्र्रो रहर होइन बाध्यता हो, हजारौ जनताको शहादत पश्चात प्राप्त उपलब्धी संघीयता र संविधानलाई बचाउन हामीले आमहड्ता गरेका थियौं । जब संविधान र संघीयता बिनाको मुलुक नै रहदैन जनता कसरी सुखी रहन सक्छ, तिनीहरुकै अधिकारका लागि हामीले आन्दोलनमा उत्रेका हौं ।

कार्यक्रममा नेकपा दाहाल नेपाल समूह संघर्ष समिति धनुषाका इन्चार्ज सुधिर साहले पनि हाम्रो शान्तिपुर्ण आन्दोलनलाई मत्थर पार्न प्रधानमन्त्री ओली रचेको षडयन्त्र अन्तर्गत प्रहरीले आफ्ना पार्टीका शिर्षस्थ नेताहरुमाथि गोली प्रहार गरिएको आरोप लगाए ।
गणतन्त्रमा सबैले आफ्ना राख्न पाउने अधिकार छ तर बिहीवार जनकपुरधाममा राज्यपक्षबाट हामी प्रदर्शनकारीमाथि जुन प्रकारले दमन गरियो त्यो निकै नै अमानीय छ दोषी माथि कारवाही होस भन्दै उनले हाम्रा नेता कार्यकर्ताहरुमाथि गरिएको आक्रमण विरुद्ध चाँडै कडा आन्दोलनको घोषणा गर्नेछौं चेतावनी दिए ।
बिहीवार आमहड्तालको क्रममा जनकपुरधाममा गरिएको प्रदर्शनको क्रममा दाहाल नेपाल समूहका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु घाइते भएका मध्ये पुर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झा सहित शहीदनगर नगरपालिका प्रमुख उदय बरबरिया, नेता प्रदीप साह गम्भीर घाइते भएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार सम्भव नभएपछि बिहीवार दिउंसो उनीहरु चारै जनालाई थप उपचारको लागि काठमाडौं लगिएको थियो । हाल उनीहरुको उपचार काठमाडौ स्थित ट्रमा सेन्टर अस्पतालमा भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !