जनकपुरधाम, माघ २२ गते । आम हड्ताल सफल बनाउन नेकपा दाहाल नेपाल समूहद्वारा गरिएको प्रदर्शनको क्रममा प्रहरीले प्रदेश २ बाट ६१ जनालाई पक्राउ गरेको छ ।
बिहीवार पुर्वनिर्धारित आमहड्तालको क्रममा नेकपा दाहाल नेपाल समूहले गरेको प्रदर्शनको क्रममा प्रदेशका ६ बाट ६१ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबभन्दा बढी पर्सा जिल्लाबाट ३१ जनालाई नियन्त्रणमा लिइएको छ भने अन्य धनुषाबाट ११, महोत्तरीबाट ५, रौतहटबाट ६, बाराबाट ८ र सिरहाबाट २ जनालाई पक्राउ गरिएको हो ।
प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले सर्लाही र सप्तरी जिल्लामा प्रदर्शन शान्तिपुर्ण भएकोमा कसैलाई नियन्त्रणमा लिइएन तर अन्य जिल्लाहरुमा प्रदर्शनको क्रममा सवारी साधन र पसलहरुमा तोडफोड गरिएको क्रममा नियन्त्रणमा लिइएको जनाएको छ ।
नियन्त्रणमा लिइएका मध्ये सिरहा जिल्ला बाहेक अन्य सबै जिल्लाका ५९ जनालाई दिउंसो ५ बजेपछि रिहा गरि सकिएको जानकारी समेत उनले दिएका छन । सिरहामा पक्राउ गरिएकोलाई के कति कारणले रिहा नगरिएको भन्ने बारे प्रहरीले बताउन चाहेको छैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !