जनकपुरधाम, माघ २१ गते । नेकपा ओली समूह विरुद्ध संघर्षमा उत्रेका जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ठूलै झटका लागेको छ ।
प्रतिनिधि सभा विघटन विरुद्ध ओलीको विरोधमा आन्दोलनमा रहेका जसपाका केन्द्रिय सदस्य एवं तात्कालिन फोरम नेपालका सचेतक डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन । पुर्व सभाषद समेत रहिसकेका महोतरीवासी नेता डा. यादव मंगलवार अवेर राती ओली समुहमा प्रवेश गरेका हुन ।
डा. यादवलाई फुलमाला र खादा लगाएर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । सो पार्टी प्रवेशको क्रममा नेकपाका नेता ईश्वर पोखरेल, महेश बस्नेत धनुषाका युवा नेता शम्भु साह सहितको उपस्थिती समेत रहेको थियो ।
नेकपा फुटदै गर्दा अव जसपामा समेत फुटको क्रम बढेको हो । यसअघि जनकपुरधाम स्थित जसपाका युवा नेताहरु दलबलका साथ ओली समूहमा प्रवेश गरेका थिए ।
हुनत यसअघि पनि तात्कालिन समाजवादी पार्टीका ७ जना प्रतिनिधि सभा सदस्य नेकपामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर पार्टी समयमै सचेत भएपछि राजपासंग एकीकृत भई जसपा निर्माण गरियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !