जनकपुरधाम, पुस ११ गते । धनुषाको कमला नगरपालिका १ मंगराहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
साना किसान कृषि संस्था लिमिटेड, सामाजिक विकास न्यायका लागि विशिष्ट समाजद्वारा मंगराहा स्थित श्री जनता उच्च माविमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा व्यक्तिले उपचार गराएका छन ।
सो स्वास्थ्य शिविरमा महिला तथा प्रसुति सम्बन्धी रोग, दाँत, ज्वरो, उच्च रक्तचाप, मधुमेह, दमा र हाडजोर्नी लगायतका विभिन्न रोगको चेकजाँचका साथै विभिन्न ल्याब चेकजाँच र औषधि समेत निशुल्क वितरण गरिएको जनाइएको छ ।
कन्सलटेन्ट फिजिसियन डा. दिगविजय ठाकुरको अगुवाईमा सम्पन्न सो निशुल्क स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. अभय मण्डल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भगवान सहनी, डेन्टल सर्जन डा. राजेश साह र प्रमुख शल्य चिकित्सक डा. कुन्दन मिश्रा लगायतका चिकित्सकहरुले सेवा प्रदान गरेको कुरा मिडिया पार्टनर जनकनन्दनी एफ.एम.का प्रबन्ध निर्देशक अर्जुन मण्डलले जनाएको छ ।
उनले भने निशुल्क स्वास्थ्य शिविर त कयौंवटा संचालन भएका छन तर त्यसमा चेकजाँच मात्र गरिएको थियो । तर शनिवार सम्पन्न स्वास्थ्य शिविरमा चेकजाँचका साथै औषधि र प्याथलोजी सहितका विभिन्न चेकजाँच सहितको स्वास्थ्य शिविर गाउँमा पहिलो रहेको छ ।
सो स्वास्थ्य शिविरमा मंगराहा गाउँ मात्र होइन कमला नगरपालिका भरिका विभिन्न वडाका स्थानीयले समेत स्वास्थ्य चेकजाँच र उपचार गराएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !