जनकपुरधाम, पुस १० गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको भानुचोकमा सञ्चालनमा रहेको नवरंग होटलले जनकपुरधाममै आफ्नो अर्को शाखा सञ्चालनमा ल्याएको छ ।
शुक्रवारदेखि जनकपुरधामको राजदेवी मन्दिरको पछाडी पट्टि पुनः अर्को नवरंग होटल सञ्चालनमा ल्याइएको छ । होटलले जनकपुरमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै यहाँको सांस्कृतिक अनुभव प्रदान गर्ने उद्देश्य रहेको सञ्चालक श्रवण कुमार साहले बताए ।
उनले यो होटेल अतिथिको आवश्यकता परिपूर्ति गर्न सक्षम हुने आफुले विश्वास लिएको बताए । होटेलमा डाइनिङ्ग रेष्टुरेन्ट र किचनको समेत व्यवस्था छ । जसमा मिथिला भोजनलगायत स्थानीय र अन्तर्राष्ट्रिय परिकार समेत पेश गरिने उनले जानकारी दिए ।
होटलको उदघाटन गर्नै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर सञ्चालक साहले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताए । उनले जनकपुरधाम धार्मिक पर्यटकीय स्थल रहेकोले यस्ता होटलले पर्यटकको बसाई लम्ब्याउने धारणा राखे ।
होटलका सञ्चालक साहले जनकपुरधाम लगायत केन्द्रिय राजधानी काठमाण्डौको गौशालामा समेत नवरंग होटलकै नामले व्यवसाय सञ्चालन गरिरहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !