जनकपुरधाम, मंसिर २९ गते । देशका विभिन्न स्थान सहित प्रदेश २ का ८ वटै जिल्लामा नेपाली कांग्रेसले सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा कांग्रेसको पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसका नेता कार्यकर्ताहरुले बृहत जुलुस प्रदर्शन गरेका छन् ।
हजारौ नेता कार्यकर्ताको सहभागितामा जनकपुरमा पार्टी कार्यालयदेखि नगरको विभिन्न भागको गर्दै रेलवे स्टेशनसम्म कोण सभामा परिणत भई जुलुस प्रदर्शन गरेको छ ।
प्ररदशनमा सहभागीहरूले ‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ लगायतका नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै संघीयता विरोधी रहेको भन्दै राज्यको ढुकुटी कार्यकर्ता तथा समर्थकमा बाडि रहेको आरोप लगाए । कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर हुँदै गईरहेको समयमा कयौ नेपाली भोकले मरि रहेको अवस्थामा सरकारले राज्यको ढुकुटीको यसरी दुरुपयोग गरे आफूहरू चुप्प लागेर नबस्ने चेतावनी दिए ।
उनले सरकारले लोकतन्त्र गणतन्त्रको विरोधमा गतिविधि गरिरहेकोले कोरोनाको जोखिमका बावजुद प्रतिपक्षीको हैशियतले प्रदर्शन गरेको बताए।
संविधान संशोधनमा कांग्रेस किन चुप्प लागेर बसेको छ जनताको प्रश्नको जवाफ दिनकै लागि हामी ७७वटै जिल्लामा बिरोध प्रदर्शन गरिएको बताउंदै कांग्रेसले जनतालाई दिलाएको विश्वास फेरी जितेरै छोड्ने सिंहले दावी गरे ।
त्यस्तै प्रदेशको महोत्तरीमा नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र कुमार रायको नेतृत्वमा प्रदर्शन गरिएको थियो । महोत्तरीको खैरास्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसमा जन विरोधी सरकार मुर्दाबाद, संघीय गणतांत्रिक लोकतन्त्र नेपाल जिन्दाबाद सहितका नारा लगाउँदै महोत्तरीमा समेत कांग्रसी कार्यकर्ताहरु प्रदर्शनमा ओर्लेका थिए ।
सर्लाहीमा जिल्ला सभापति नागेन्द्र प्रसाद रायले जिल्लामा भएको प्रदर्शनको कमान सम्हाले । त्यस्तै सप्तरीमा जिल्ला सभापति दिनेश यादव, सिरहामा केन्द्रिय सदस्य शंकर भण्डारी तथा पर्सामा केन्द्रिय सदस्य अजय चौरसियाको नेतृत्वमा कांग्रेसको बिरोध प्रदर्शन भएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !