Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको सामन्ती प्रवृतिले तिरहुतिया गाछीको ऐतिहासिकता मेटिदै

हजारौं रुख बिरुवा नष्ट गराई बनाइदैंछ डम्पिङ्ग साइट


मेयर साहको सामन्ती प्रवृतिले तिरहुतिया गाछीको ऐतिहासिकता मेटिदै

जनकपुरधाम, मंसिर ३ गते । कुनै समयमा रुखैरुखले भरिएको मनमोहक हरियाली बगैंचा रहेको जनकपुरधाम स्थित तिरहुतिया गाछी उजाड भई अहिले जनप्रतिनिधिद्वारा डम्पिङ्ग साइट बनाइदैछ ।

परापुर्वकालमा तिरहुत राज्यको सेनाको विश्राम स्थलको रुपमा रहेको रामायणकालिन जनकपुरधाम उपमहानगरपालिका ४ स्थित ऐतिहासिक तिरहुतिया गाछीमा मेयर लालकिशोर साह फोहरको डम्पिङ्ग साइट बनाउन लागेका छन ।

शहरको बीचोबीच ठाउँमा रहेको उक्त तिरहुतिया गाछीमा फोहर फाल्ने काम मात्र होइन कि मरेका छाडा चौपाया समेत गाड्ने कार्य मेयर साहको निर्देशनमा उपमहानगरपालिका सरसफाई कर्मचारीहरुले गर्दै आएका छन ।

नेपाल राष्ट्र बैंक, जिल्ला प्रहरी कर्यालय र महेन्द्रनारायण स्मृति प्रतिष्ठानको बीचमा रहेको सो तिरहुतिया गाछीमा उपमहानगरपालिकाले नगरभरिको फोहर फाल्न लागेपछि दुर्गन्धले महामारी फैल्ने समस्या समेत बढेर गएको छ ।

डम्पिङ्ग साइटको आभाव देखाएर मरेका जनावर गाडने र नगरभरिका फोहर फाल्ने उपमहानगरपालिकाका कर्मचारीहरुसँग सोध्दा एउटै जवाफ दिन्छन मेयर साबसँग सोध्नुस । तर मेयर साहलाई कयौं पटक फोन गर्दा उनले कुनै रिस्पन्स लिएनन । कतिथ वृहत सरसफाईमा व्यस्त रहेको कारण उनीसँग भेटनै गाह्रो ।

तिरहुतिया गाछीलाई संरक्षण गर्न विभिन्न पक्षबाट पटक पटक आग्रह गर्दागर्दै मेयर साह सबैको आग्रहलाई बेवास्ता गर्दै दबंगगिरी शैलीमा त्यसमा मरेका जनावर गाडने र फोहर फाल्ने कार्य गर्दै आएका हुन ।

वर्षौदेखि अतिक्रमणमा परेका र संरक्षणको आभावमा जिर्ण बनेको तिरहुतिया गाछीको अस्तित्व बचाउन सामाजसेवी अमरचन्द्र अनिल समेतले पटक पटक आग्रह गर्दापनि कुनै चासो नदिई आफूलाई कसले के गर्न सक्छ भन्ने सोचका साथ डम्पिङ्ग साइटको परिणत गर्न लागि परेका हुन ।

संरक्षणका लागि विगतमा गरिएको प्रयास बारे समाजसेवी अनिलले भने गत ४ वर्षअघि सर्वदलीय बैठकबाट मेरै नेतृत्वमा जिर्ण बनेको तिरहुतिया गाछीलाई सरसफाई गरी हजारौ रुख बिरुण रोप्ने लगायतका कार्य भयो तर उपमहानगरपालिकाको लापरवाहीको कारण त्यो बरबाद भयो र अहिले अस्तित्व नै मेटाउन लागिएको छ ।

संरक्षणको प्रयासमा अवरोध

सामाजसेवी अमरचन्द्र अनिलले भने तिरहुतिया गाछीको अस्तित्व बचाउन उद्यानको रुपमा परिणत गर्न सक्रिय भएर लागेका थिए, काम पनि गरे । शुरुमा निजी लगानी र चन्दा संकलनबाट विभिन्न सेड निर्माण र केही रुखहरुमा चबूतारा निर्माण गरायौं ।

त्यसपछि सर्वदलीय बैठकबाट उद्यान संरक्षण समिति गठन गरी जिल्ला वन कार्यालयबाट २ लाख र उपमहानगरबाट डेढ लाख रुपैयाँ उद्यान संरक्षण समितिलाई उपलब्ध गराइएको थियो । सो रकमबाट विभिन्न प्रजातिको एक हजारभन्दा बढी रुख विरुवा रोप्ने अन्य सेड र नाला निर्माणको काम गरियो ।

२०७३ मा पनि वन कार्यालयले उद्यान संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो । जसबाट उद्यानभित्र मर्निङ वाक गर्न, ट्र्याक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न पार्कको रुपमा परियोजना अघि बढाइएको थियो ।

तर काम शुरु नहुँदै उपमहानगरपालिकाबाटै अवरोध हुन थालेपछि परियोजना रोकिन गएको समितिका एक सदस्यले बताए । सोही वर्ष सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक रमेश सिंहको पहलमा उद्यान सौन्दर्यीकरणका लागि २ करोड रकम समेत डिभिजन कार्यालय मार्फत विनियोजन गरिएको थियो ।

तर, केही व्यवसायीको आँखामा परेका तिरहुतिया गाछीको जग्गा लिजमा दिने उद्देश्यले मेयर साह सहितका केही राजनीतिक दलका प्रतिनिधिले यसलाई उद्यानमा परिणत नगरी राजनीतिक दलको सभा सम्मेलन लगायतका कार्यक्रम आयोजना खुल्ला राखौं भनी करोडौको परियोजना असफल गराइयो ।

संरक्षण स्वरुप २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो । तर, २०७३ पछि उपमहानगरपालिकाद्वारा प्रवेशद्वार खुला गरिएपछि सर्वसाधारणको दिसापिसाब गर्ने, फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बन्न गएको थियो । जसलाई समितिले सफासुग्धर गरी चिटिक्क बनाएको थियो ।

करीब २५ विग्घाभन्दा बढी क्षेत्रफल भएको सो तिरहुतिया गाछी अतिक्रमण हुँदै अहिले पौने चार विग्घामा सिमित भइसकेको छ । गुठी अधिनस्थ रहेको तिरहुतिया गाछीकै जग्गामा हालको नेपाल राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय, जिल्ला तथा पुनरावेदन अदालत, कृषि बजार, एकीकृत शहरी डिभिजन कार्यालय लगायतका सरकारी कार्यालय संचालनमा रहेका छन ।

२०४६ सालसम्म रूख देखिन्थे तर बिस्तारै कटान बढेर ०७२ सालसम्म आउँदा नौवटा रूख थिए । तर, अहिले आएर ती रूख पनि काटिएका छन् ।

मेयर साहद्वारा बेवास्ता

नगरको सरसफाई र तिरहुतिया गाछी संरक्षणका लागि अर्थ (पृथ्वी) क्लीन एण्ड ग्रीन फाउण्डेशनद्वारा फोहर व्यवस्थापनका लागि प्रयास हुँदा पनि मेयर साहले बेवास्ता गर्दै आएको छ ।

फाउण्डेशनका दिपु ठाकुरले भने फोहर व्यवस्थापन र त्यसबाट आर्गेनिक मल्ल उत्पादन गर्न उपमहानगरपालिका नगरप्रमुख लालकिशोर साह कहाँ गत एक वर्षदेखि प्रोपजल लिएर धाइरहेको छौं तर उनले बेवस्ता गर्दै आएको छ ।

उनले भने डम्पिङ्ग साईटका लागि फोहर व्यवस्थापन गर्ने उद्देश्यले नगर बाहिर विसविट्टी जाने बाटोमा २ विग्घा जग्गा समेत वर्षेणी अढाई लाख रुपैया तिर्नेगरी लीजमा समेत लिएका छौं त्यसमा फाल्न भन्दै आएका छौं तर नगरप्रमुख साहले त्यसलाई बेवास्ता गर्दै तिरहुतिया गाछीमा फोहर फाल्दै आएकोले दुख लागेको छ ।

यता सम्बन्धित निकाय उपमहानगरपालिका मेयर साहसँग प्रतिक्रिया लिन खोज्दा मंगलवार कयौं पटक फोन गरे तर उनी सम्पर्कमा आउन चाहेनन । उपनगरप्रमुख रीता मिश्रले अनभिज्ञता प्रकट गर्दै भनिन् आफूलाई यस बारे केही थाहा छैन ।

निमित प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले भने वृहत सरससफाईका संयोजक नगरप्रमुख आफै हुनु हुन्छ फोहर कहाँ फालिरहेको कसको ऐतिहासिकता मेटियो वा बाचियो बारे उहाँसँग नै सोध्नुस ।

तिरहुतिया गाछीको अस्तित्व मेटिन लागेपछि दुखी सबै छन तर मेयर साहको सामान्ती प्रवृति अगाडि कसैले बोल्न वा रोक्न आँट पुरयाएको देखिदैन ।

तिरहुतिया गाछीको ऐतिहासिकता

बाइसे चौबिसे राज्यकालमा तिरहुत सेनाको विश्राम स्थलको रुपमा रहेको तिरहुतिया गाछी रामायणकालिन रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई ।

जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासका अनुसार त्रेतायुगमा भगवान श्रीराम जानकीको विवाहको बेला राजा जनकको बगैंचाको रुपमा रहेको सो तिरहुतिया गाछीमा अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई त्यहाँ ठहराइएको थियो ।

त्यसपछि कलान्तरमा दुई दशक अघिसम्म विवाह पञ्चमी र मध्यमा परिक्रमामा लाग्ने मेलामा आएका श्रद्धालुहरुको बास स्थान र त्यसमा रामलीला लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो ।

देश विदेशबाट आउने पयर्टकहरु विभिन्न प्रजातिका रुखैररुख भएका सो तिरहुतिया गाछीको रमणीय दृश्य हेर्न पुग्थे नै । वर्षौसम्म सो गाछीमा गोरु बजार समेत लाग्ने गरेको थियो ।

यसका साथै २००७ सालता नजिकै जिल्ला प्रहरी कार्यालय भएको कारण सुरक्षाको दृष्टिकोणले विशिष्ट व्यक्तिहरुको सभा सम्मेलनमा विभिन्न राजनीतिक कार्यक्रम आयोजना हुँदै आएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर ३, बुधबार २३:३१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर ३, बुधबार २३:३१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर ३, बुधबार २३:३१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर ३, बुधबार २३:३१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर ३, बुधबार २३:३१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर ३, बुधबार २३:३१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव