जनकपुरधाम, मंसिर १ गते । आउंदो मंसिर ८ गतेदेखि जनकपुरधाममा टि २० चैम्पियनशिप क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ ।
अन्य क्षेत्र जस्तै खेल जगत समेत कोरोना संक्रमणका कारण प्रभावित भईरहेकोले क्रिकेट टुर्नामेन्टको आयोजना गरेर फेरी खेलको माहौल निर्माण गर्नकै लागि क्रिकेट टुर्नामेन्टको आयोजना गर्न लागिएको हो ।
हरिज स्पोर्ट्स जोनको आयोजनामा हुन लागेको सो क्रिकेट टुर्नामेन्टमा धनुषा, महोत्तरी र सीमावर्ती क्षेत्र सहितका कम्तीमा १६ वटा टिमलाई सहभागी गराउने लक्ष्य रहेको कुरा सोमवार एक पत्रकार सम्मेलनमा गरी जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेले जानकारी दिएका छन ।
पाण्डेले नक आउटमा हुने यो प्रतियोगिता दुई सातासम्म चल्ने बताए । यस अघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिदै आएपनि कोरोना संक्रमणको त्रासका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमहरुलाई शामिल गरेर खेल प्रतियोगिताहरुको माहौल बनाउन लागिएको उनले बताए ।
उनले भने ‘स्थानीय क्लवहरुलाई शामिल गरेर यो आयोजना गर्न लागिएको जनकपुर टि २० चैम्पियनशिप सम्पन्न भए लगत्तै फागुन चैत महिनातिर शहीद दिपक क्रिकेट टुर्नामेन्ट सहितका बृृहत स्तरको प्रतियोगिताको आयोजना गरिनेछ ।
प्रतियोगिताको पहिलो टिमलाई ५० हजार राशीको पृुरस्कार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार, मैन अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिने छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !