जनकपुरधाम, कात्तिक २७ गते । राईन सप्लायर्सले एउटै छानामूनी मल्टी ब्राण्डको इलेक्ट्रिक तथा इलोट्रोनिक्स सहितको होम एप्लायन्स शो–रुम बिहीवारदेखि संचालनमा ल्याएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ तप्सीचोकमा सो मल्टीब्राण्डको होम एप्लायन्स शो–रुम सञ्चालनमा ल्याइएको हो ।
राईन सप्लायर्सले घरासयी प्रयोजनका लागि चाहिने सम्पूर्ण विद्युतीय सामग्रीहरु विक्री वितरण गर्ने सप्लायर्सका सञ्चालक सलामत राईनले जानकारी दिएका छन ।

उनले भने ‘होम एप्लाइन्सेसका विद्युतीय सामग्रीहरु एउटै छानामुनी विभिन्न ब्राण्डका विद्युतीय सामग्री किन्न पाइने भएकाले यसले उपभोक्तालाई सहज हुनेछ । शो–रुमबाट सैमसुङ्ग, एलजि, हिमस्टार, हायर, याशुदा लगायत विश्व प्रसिद्ध कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु विक्री सुरु भएको उनले जानकारी दिए ।
शो–रुममा मोबाइलदेखि टिभी, वासिङ्ग मसिन, रेफ्रिजेरेटर, राईस कुकर, मिक्स्चर, ग्राइन्डर लगायत घरमा प्रयोग हुने आवश्यक विद्युतीय सामग्रीहरु राखिएको छ ।
सञ्चालक सलामतले यस मल्टी ब्राण्ड शो–रुमबाट उपभोक्ताले छोटो समयममै आफूलाई आवश्यक सामग्री छानीछानी किन्न पाउने जानकारी दिए । राईन सप्लायर्स पुरानै कम्पनी रहेको छ, यससअघि विभिन्न सामाग्री सप्लाई गर्दै आएको थियो ।
सलामतको यसअघि मोबाइलका लागि सुहाना ट्रेडर्स र राईन इलेक्ट्रानिक्स संचालनमा रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !