जनकपुरधाम, कात्तिक २४ गते । गणेशमान चारनाथ नगरपालिकाका किसानहरुका लागि धान र गेहुँ काटने मेसिन रिपर सहयोग गरिएको छ ।
यूएनडिपीको सहयोग र सामुदायिक सुधार केन्द्र धनुषाको सहकार्यमा गणेशमान चारनाथ नगरपालिका स्थित कमलेश्वरनाथ उपभोक्ता सहकारी संस्था लिमिटेडलाई कृषि उपकरण रिपर मेसिन हस्तान्तरण गरिएको हो ।
सोमवार एक कार्यक्रम आयोजना गरी कमलेश्वरनाथ उपभोक्ता सहकारी संस्था लिमिटेडलाई उक्त मेसिन हस्तान्तरण गरिएको छ ।
उक्त रिपरले स्थानिय कृषकहरुलाई सहज र छिटो छरितो रुपमा काटनको लागि यो उपकरण अति उपयूक्त हुने गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले बताए ।
सो मेसिनले एक घण्टामा कम्तिमा ५ कठाको धान गेहुँ काटेर किसानहरुलाई बाली भित्रयाउन सहज हुनेछ । किसानहरुले अहिले धान भित्राउने बेलामा यो उपकरण सहयोग हुनु र कम्तिमा स्थानिय ७ सय ५० घरधुरीहरुलाई तुरुन्त फाइदा पुग्ने देखिन्छ ।
सो हस्तान्तरण कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाको प्रमूख र प्रतिनिधिहरु, यूएनडिपीका प्रतिनिधि, सीआईसीका प्रतिनिधि लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !