जनकपुरधाम, कात्तिक २२ गते । महोत्तरी प्रहरीले दुई विग्घामा रोपिकएको प्रतिबन्धित गाँजाको विरुवा नष्ट गरेको छ ।
शनिवार गोप्य सूचनाको आधारमा जिल्लाको एकडारा गाउँपालिका ५ स्थित गेना बथनाहा गाउँमा करेसाबाली, आँप घारी र बाँस घारी सहितको खेतमा दुई विग्घा रोपिएको गाँजा खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले सो खेतका करीब २० हजार गाँजाको विरुवा नष्ट गरेको कुरा प्रहर नायब उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन ।
उनले भने कसले त्यो खेती गरेको यकिन हुन सकेको छैन, एक ठाउँमा नभई विभिन्न खेतमा भएको कारण कसले रोपेको खुल्न सकेको छैन । तर घटनाको प्रकृति हेर्दा प्रहरीले अपराधीलाई बचाउन खोजिएको स्थानीयकै आरोप छ ।
महोत्तरी जिल्लाको विभिन्न स्थानमा गाँजा खेती भइरहेको कुरा बाहिरिन थालेपछि नष्ट पार्न केही समय यता प्रहरी सक्रिय भएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !