रौतहट, कात्तिक २१ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले चाड तिहारको दृष्टिगत गर्दै २६ दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
शुक्रवार एक सूचना जारी गरी चाडतिहारमा हुने भिडभाडलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते मध्यराति १२ बजेदेखि लागू हुने गरी अगामी मंसिर १७ गते मध्यराति सम्म २६ दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएकोले समुदाय स्तरमा अझै कोरोना नफैलोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरिएको कुरा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन ।
दिपावली, छठ तथा वाग्मती नदीको पूर्णिमा स्नान गर्ने लगायतका चाडपर्वमा भीडभाड हुन सक्छ मध्यनजर गर्दै सो भीडभाड नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको उनले बताए ।
सो निषेधाज्ञा अवधिमा सार्वजनिक स्थलमा खेल तमासा, नाचगान, जात्रा, महोत्स, भोजभतेर, हाटबजार, विभिन्न धार्मिकस्थलमा पूजापाठ तथा धार्मिक गतिविधि गर्न पाइने छैन ।
त्यस्तै चार्डपर्वको अवसरमा गरिने साँस्कृतिक तथा सामाजिक कार्यहरु, सिनेमाघर, सैलुन, होटल, रेस्टुरेन्ट पार्टी प्यालेस लगायतको कार्य गर्न गराउनमा समेत निषेध गरिएको कुरा सूचना भनिएको छ ।
हालसम्म रौतहटमा कोरोना संक्रमणले १४ जनाको मृत्यु भइसकेको छ भने १ सय ७४ जना अहिले पनि सक्रिय कोरोना संक्रमित रहेका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !